Ad Area

कविता : योग


श्रीराम दहित
महर्षी पतंजलीद्वारा प्रतिपादन गरिएको प्राकृतिक
जीवनशैली हो योग ।
यम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान अनि
समाधि लक्ष्य हो योग ।

चित्तवृत्ती निरोध गर्ने, सत्य असत्य अहिंसा ब्रम्हचर्य अपरिग्रह पाँच शुत्र छन् ।
आफू र समाजका लागि योग सद्भाव सार्थक बनाउन गरि योग पुर्याऔं जनमन ।

विश्व जगतमा छायो योग, आफ्नो अदभूत शक्ति लिइ अन्तर्राष्ट्रियमा
ऋषिभुमिमा आध्यात्म ज्ञान प्रज्वलित भयो,
वेदका ऋचा अभिमन्त्रित ध्वनिले आकाश गंगा छायो ।

आत्मा परमात्माको सहज मिलन गराउने क्रिया असल मानव जीवनशैली हो योग ।
पुर्वीय दर्शनको आध्यात्मिक बैज्ञानिकता पश्चिमा बैज्ञानिक स्विकार्दै अमृत योग ।

हामी सौभाग्यशाली छौँ, जन्म भयो ऋषिभुमिमा स्वयं अमृतपान गर्दै अरुलाई बाँड्छौं ।
तन,मनले आसन प्राणायाम ध्यान यमलाई व्यावहारिक गर्दै इन्द्रिय नियन्त्रण गर्न गरौँ योग ।

मन, वचन र कर्मद्वारा नगरौं हिंसा प्राणको, सात्विक स्वदेशी वस्तु प्रयोग गरौँ सम्मान गर्दै योग ।
ूअसत्य शब्दलाई व्यावहारिक बनाऔं, आचरणजन्य भ्रष्टाचार मुक्त गर्न गराउन गरौँ योग ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad