Ad Area

आँखा सम्बन्धि रोगले विकराल रुप लिदै


 

दाङ, १० मंसिर ।

आँखा शरीरको संवेदनशील अंगमध्ये एक हो । जसलाई हामीले अत्याधिक ध्यान दिनु जरुरी हुन्छ । विश्वमा हाल २५ करोड ३० लाख मानिसमा दृष्टीविहिनताको समस्या रहेको एक तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार तीन करोड ६० लाख दृष्टीविहिन २१ करोड ७० लाख मध्यम देखि गम्भीर प्रकारको दृष्टी दोषको समस्या रहेको छ । जसमा ५५ प्रतिशत महिलाहरु रहेका छन् । पछिल्लो समयमा आँखा सम्बन्धि रोगले विकराल रुप लिदै गरेको तथ्यांकले देखाउछ ।

राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिमराम गौतमका अनुसार नेपालको सन्दर्भमा हरेक दिन एक सय २५ जना व्यक्तिहरु दृष्टीविहिन हुने अनुमान गरिएको छ । हाल एक लाख २० हजार दृष्टीविहिन रहेको अनुमान छ, भने हरेक वर्ष २४ हजार नयाँ दृष्टीविहिन थपिने संभावना छ ।

नेत्र ज्योती संघले शुक्रवार घोराहीमा पत्रकारहरुका लागि एकदिने आधारभूत आँखा स्वास्थ्य शिक्षा गौतमले आँखाको रोगहरुका विषयमा जानकारी गराउदैँ सुरक्षामा ध्यान दिन आवश्यक भएको बताए । आँखाको हेरचाह गर्नका लागि दिनहु खाँनामा भिटामिन ए युक्त खाना खाने, दिनमा कममा पनि दुई पटक सफा पानीले मुख धुने, खाँखा सफा गर्ने, कडा प्रकाश तथा सूर्य ग्रहण हेर्न नहुँने, आँखाका औषधी जथाभावी रुपमा बजार वाट किनेर तथा जडिवुटी आँखामा हाल्न नहुँने गौतमले बताए । बच्चा देखि बुढा सम्मका सबै खालका मानिसमा आँखा सम्बन्धि समस्या हुन सक्ने भएकाले सचेत बन्न आवश्यक भएको बताए ।

नेपालको स्वास्थ्य नीतिमा बालवालिकालाई स्कुल भर्ना भन्दा अगाडी आँखाको चेकजाँच गर्नुपर्ने भएपनि कार्यान्वयन हुन नसकेको नेत्र अधिकृत गौतमको भनाई छ । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेल, दुर्गालाल केसीले आँखा सम्बन्धि रोग निर्मुल पार्नका लागि सचेतनाको कार्यक्रम आवश्यक भएको वताए । नेत्रज्योति संघका कोषाध्यक्ष श्याम प्रकाश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad