Ad Area

दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : न्यु स्टारको तेश्रो जित, बडहरा पराजित


भ्यूमान पुन

घोराही, ११ असार । दाङमा जारी जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुरले तेश्रो जीत निकालेको छ । जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलवार भएको पहिलो खेलमा न्यु स्टारले  युनाइटेड युथ क्लव तुलसीपुरलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै न्यु स्टारले जारी प्रतियोगितामा ९ अंक जोड्न सफल भएको छ भने पराजित युनाइटेडको ३ अंक मात्र रहेको छ । उक्त खेलमा उत्कृष्ठ खेल प्रदर्शन गरेका न्यु स्टार फुटबल एकेडेमीका खेलाडी जीवन शाही म्यान अफ द म्याच हुनुभएको थियो ।

मंगलवार भएको दोश्रो खेलमा बडहरा युथ क्लव इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुरसँग १–० गोल अन्तरले पराजित भएको छ । प्रतियोगितमा लगातार तीन खेल जितेको बडहरा इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुरसँग पराजित हुन पुगेको हो । समुह ‘ए’ मा रहेका बडहराको ९ अंक र ज्ञानज्योतीको ६ अंक रहेको छ । त्यसैगरी मंगलवार भएको तेश्रो खेलमा एसएसएफए तुलसीपुर र सक्सेस फुटबल क्लव तुलसीपुर गोलरहित बराबरी खेलेका छन् । समुह ‘ए’ मै रहेका दुवै क्लवको समान ४÷४ अंक रहेको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा भएको प्रतियोगिता असारको १९ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागी रहेका छन् । लिग कम नकाउटका आधारमा भइरहको प्रतियोगितामा समूह ‘ए’ मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यू स्टार फुटबल एकेडेमी नारायणपुर, सक्सेस फुटबल क्लव तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर रहेका छन् ।

समूह ‘बी’ मा नवलपुर फुटबल एकेडेमी घोराही, टाईगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही, किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेका छन् । लिगको बिजेता टिमले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ भने उपबिजेता टिमले नगद २५ हजार,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

Blog Post Ad

 

Blog Post Ad Blog Post Ad