Ad Area

वडाको सहयोगमा सौँचालय बनेपछि सरसफाई र सौँच गर्न सहज


घोराही, ११ असार । घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बजारस्थित शुभप्रभात माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उषा रावत क्षेत्रीलाई हिजोका दिनमा सौँचालय जाँदा अनेक खालका समस्या भोग्नु पथ्र्यौ । सौँच जान नपरे हुन्थ्यो भन्ने उहाँलाई लाग्थ्यो । किशोरी उमेरकी उषालाई महिनावारी हुँदा अझ समस्या आई लाग्थ्यो ।

सौँचालयमा पस्दा भोग्नु परेको दुख अहिले उहाँ सम्झन पनि चाहनुहुन्न । उषा जस्तै विद्यालयमा अध्ययनरत करीव ३ सय छात्राहरु अहिले व्यवस्थित सौँचालय बनेपछि निकै सहज भएको छ ।

‘सौँचालय हुँदा र नहुँदा त धेरै फरक भई हाल्छ नी । अहिले वडाको सहयोगमा बनेको सौँचालयले हामी छात्राहरुलाई निकै सजिलो बनाएको छ । छात्रामैत्री सौँचालयले हामीहरुलाई धेरै कुराको फाईदा भएको छ’ उषाले भन्नुभयो ।

अहिले शुभप्रभात माविमा छात्र र छात्राहरुका लागि अलग्गै सौँचालय बनेको छ । छात्रहरु आफ्नो सौँचालयमा सहज रुपमा दिसापिसाब गर्छन् भने छात्राहरुको अलग्गै सौँचालय छ । जहाँ उनीहरु पनि सहज रुपमा सौँचालय प्रयोग गर्छन् ।

कक्षा ७ मा अध्ययनरत पूर्णिमा नेपालीलाई अहिले सौँचालय बनेपछि सौँ चगर्न निकै सहज भएको बताउनुहुन्छ । ‘हरेक टोईलेटमा धारा छ । पानी पनि आउँछ’ पूर्णिमाले भन्नुभयो ‘फोहोर, दुर्गन्ध छैन । बाहिर हात धुने बेसिनसहितको धारा छ । यसले निकै सजिलो बनाएको छ ।’

Blog Post Ad

वडा नम्बर १४ ले विनियोजन गरेको बजेटबाट विद्यालमा अध्ययनरत विद्यार्थीहरुको लागि निर्माण गरिएको सौँचालयले अहिले निकै सहज भएको विद्यालयका प्रधानाध्यापक रुद्र बुढा मगर बताउनुहुन्छ । ‘हिजाको दिनमा छात्रछात्राहरुका लागि व्यवस्थित सौँचालय नहुँदा समस्या थियो । जसोतसो चलाएका थियौँ । अहिले छात्र र छात्राहरुको अलग्गै सौँचालय बनेको छ । यसले पनि सहज भएको छ’ उहाँले भन्नुभयो ‘अर्को कुरा छात्राहरुका लागि त झन छात्रामैत्री सौँचालय बनेको छ । यसले उनीहरुमा मासिक समस्या हुँदा पनि सहजै पठनपाठनमा सहभागी हुन पाएका छन् । पढाईमा कुनै असर गरेको छैन ।’

शुभप्रभात माविमा अहिले छात्राहरुका लागि टायल बिछ्याईएको धाराजडित पाँच वटा सौँचालय बनेका छन् । तल्लो कक्षामा अध्ययनरत छात्राहरुका लागि अलग्गै सौँचालय बनाईएको छ । जसको उनीहरु सहज रुपमा प्रयोग गर्दै आएका छन् ।

निर्मित छात्रा सौँचालयमा पाँच वटा टोईलेट छन् । हरेक टोईलेटमा सहजै पानी आउने धारा जडान गरिएको छ । बाहिर थप चार वटा धारा जडान छ । त्यति मात्रै होईन, महिनावारी भएका छात्राहरुका लागि प्याड व्यवस्थापन गर्ने सुरक्षित र व्यवस्थित भण्डारण बनाईएको छ । ‘दिनभर संकलन हुने प्याड साँझ सुरक्षित रुपमा व्यवस्थापन गर्न सहज भएको छ’, प्रधानाध्यापक बुढा मगरले भन्नुभयो ‘छात्राहरुलाई पनि कहाँ व्यवस्थापन गर्ने भन्ने तनाव हटेको छ । यसले पठनपाठनमा समेत सहयोग पुर्याएको छ ।’

वडा नम्बर १४ कै कभर्ड हल अगाडि पनि अहिले सार्वजनिक सौँचालय निर्माण भएको छ । वडाकै पहलमा व्यवस्थित र सुरक्षित सार्वजनिक सौँचालय निर्माण भएको छ । महिला र पुरुषका लागि निर्माण गरिएको सार्वजनिक सौँचालयमा भित्र प्रवेश गरेपछि महिलाहरुका लागि ३ वटा कोठा बनेका छन् भने पुरुषहरुका लागि दुई वटा कोठा रहेका छन् । एक वटा व्यवस्थित युरिनल बनाईएको छ ।

घरबाट कामका लागि हिँडेका तथा सेवा लिन कभर्ड हल वा वडा प्रहरी कार्यालयलगायत स्थलमा पुगेका जो कोहीलाई दिसापिसाव गर्नुपर्ने अवस्था आए अब समस्या हुने छैन । वडाबासीको सहजकताका लागि वडाको योजना अनुसार सार्वजनिक सौँचालय निर्माण गरिएको वडा नम्बर १४ का वडा अध्यक्ष भानसिं बुढाले जानकारी दिनुभयो ।

उहाँले सेफ्टी टंकी, सोककिट, पानी टंकी, बेसिनलगायत पूर्वाधारयुक्त सार्वजनिक सौँचालय बनाईएको बताउनुभयो । सार्वजनिक सौँचालयसँगै एक वटा भाडामा दिने गरी कोठासमेत निर्माण गरिएको छ । जसलाई व्यावसायिक प्रयोजनमा ल्याउन सकिने उहाँले बताउनुभयो ।

अहिले रंगरोगन गर्नेदेखि टायल, ब्लक लगाउने काम समेत भईसकेको हुँदा चाँडै नै प्रयोगमा ल्याउने तयारी गरिएको वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो । सार्वजनिक सौँचालय प्रयोगमा आए आम वडाबासी तथा सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।

Blog Post Ad Blog Post Ad