Ad Area

कविता : किसान


श्रीराम दहित
सुन्दर सपना हरु सिर्जना हुन्छन् ,वर्ष दिन सबैलाई पुर्याउन मोती पसिना बगाइ!
अँढिया बटैया गरुन् चाहे मन भरि सपना मानो खाइ हर्षले मोती पसिना बगाइ!

असार पन्ध्र किसानको बहाना बन्ने सधैं दहि-चिउरा खाने संस्कार मनपर्ने सबैको !
किसानको जीवन कृषि प्रिय लाग्ने ,उब्जाएको अन्न बाँडिचुडी खाने पेट भर्ने सबैको!

सुरिलो भाका आलिमा बसि साट्दै छन् सुन्दर आसा सपना हलि र बाउसेलाई !
डाँडा र पाखा सम्याइ सानो घर बनाउन कर्म पुजारी किसान रोप्दै छन् रमाई!

असार पन्ध्र हिलोको माया पौरखी किसानलाई नशा झैँ लागेको !
जीव र जन्तु पशु पन्छीको प्राण जोगाउन कृषि कर्म नशा झैँ लागेको !

किसानको दुखाइ असार पन्ध्रमा धान दिवस मनाउने तहगत सरकारले सुनुन् !
किसान दाजु खेतमा नहुँदा उत्पादन घट्यो चुलो भयो महंगो सरकारले बुझुन्!

चुनाव आउँछ कुर्सीका लागि मात्र सधैं यहाँ “जय किसान” छ नारा !
कृषिप्रधान देशमा लगानी छैन रगत पसिना बगाउने किसान ऋणी भए सारा !

Blog Post Ad

खेतबारीमा डल्लो हिलोसंग पौँठेजोरी खेल्ने विपन्न किसानलाई विश्राम गर्नु पर्दैन !
किसानको पसिनाले फगत माटो सिन्चि श्रम गरि उत्पादन बढाउन नारा बाँड्नु पर्दैन !

उदार अनि खुल्ला हृदयले प्रभात देखिन सुर्यास्तसम्म कडा परिश्रम प्रिय लाग्ने !
मनग्य उब्जाएको मिठो सपना देख्दै स्लिपिङ ट्याब्लेट बिनाको गहिरो निद्रा लाग्ने !

Blog Post Ad Blog Post Ad