Ad Area

योगमायाको ‘फूल रसैको’ बजारमा (भिडियोसहित)


प्रेम विवश घर्ती

दाङ ,१६ असार । गायिका योगमाया घर्ती मगरको फूल रसैको कौरा गीत बजारमा आएको छ । गीत बजारमा आएसंगै दर्शक श्रोताको रोजाइमा परेको छ ।

विशेष गरी मगर र गुरुंङ समुदायको संस्कृति झल्कने कौरा गीत फूल रसैकोमा गायिका योगमाया घर्ती र कमल बिसी मालदाईको स्वर रहेको छ । गणेश गुरुंङको शब्द, तेजेन्द्र दुराको लयमा रहेको गीत मंगला स्टुडियोमा रेकर्ड गरिएको हो ।

दीप गुरुंङको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियो पनि दर्शकले उत्तिकै मन पराएका छन । सल्यान जिल्लामा बुवा भागीराम घर्ती र आमा पद्मा घर्तीकी राइली छोरीको रुपमा जन्मिएकी गायिका घर्तीले सानै उमेरदेखि नृत्य र गायनमा रुचि राख्थिन ।

२०५५ सालमा रेडियो नेपालबाट लोकगीत विद्यामा स्वर परिक्षा उत्तीर्ण गरेकी गायिकाले सोही वर्ष चौथो राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा समेत प्रथम् स्थान हासिल गरेकी थीईन । यस गीत बजारमा आए संगै विगतका वर्षमा जस्तै गायिका घर्तीले अब तीज गीत छब्बिस हजारको फरिया बजारमा ल्याउने तयारीमा छिन ।

गीतको भिडियो लिंक यहाँ छ ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad