Ad Area

बजार व्यवस्थापनमा सहयोग गर्ने युवालाई वडाको सम्मान


दाङ, १९ असार । घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेका अव्यवस्थीत तारहरुलाई व्यवस्थीत गर्नका लागि खटिएका १६ जना युवालाई वडा नम्बर १५ ले सम्मान गरेको छ ।

वडा कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी विभिन्न इन्टरनेट कम्पनीका १६ जना युवाहरुलाई वडा कार्यालयले सम्मान गरेको हो । नगरक्षेत्रमा अव्यवस्थीत तारहरुका कारण बजार क्षेत्र कुरुप भएको दुर्घटनाको जाखीम बढेको भन्दै वडा नम्बर १५ ले दुइ महिना लगाएर अव्यवस्थीत तारहरु हटाउने काम गरेको वडा नम्बर १५ वा सदस्य उत्तम बुढाथोकीले जानकारी दिनुभयो ।

विभिन्न इन्टरनेट कम्पनीका १६ युवाहरुलाई स्वंमसेवकका रुपमा परिचालन गरी वडा कार्यालयले दुई महिना लगाएर तारहरु हटाउने काम गरेको थियो । सम्मान कार्यक्रममा बोल्दै घोराही उपमहानगर पालिका १५ का वडाध्यक्ष रमेशकुमार पान्डेले लाखौँ रुपैया बजेटबाट गर्नुपर्ने बजार व्यवस्थापनका काम स्वमसेवी युवाहरुको सहयोगका कारण निशुल्क रुपमा सम्पन्न गरेको भन्दै नगरलाई व्यवस्थीत बनाउनका लागि बजेट भन्दा पनि इच्छाशक्तीको खाँचो रहेको औँल्याउनुभयो ।

त्यसैगरी घोराही उपमहानगरपालिका बजार व्यवस्थापन शाखाका मोहनसिङ सुनार, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले बजार व्यवस्थापनका लागि वडा कार्यालयले लिएको पहलकदमीको प्रसंशा गर्दै उपमहानगरलाई व्यवस्थीत बनाउनका लागि सबैको सहकार्य र एकता आवस्यक रहेको बताउनुभयो ।

वडा नम्बर १५ का वडाध्यक्ष रमेशकुमार पान्डेको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको सहजीकरण वडा सदस्य उत्तम बुडाथोकीले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad