Ad Area

दाङमा बबई नदीले बगाउँदा महिला बेपत्ता


घोराही, १९ असार । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता हुनुभएको छ ।

आज (बुधवार) बिहान बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–१४ निवासी २० बर्षीय सम्भना चौधरी बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक थापाका अनुसार बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा चौधरीलाई बबई नदीले बगाएको र अहिले खोजी कार्य भइरहेको छ ।

Blog Post Ad Blog Post Ad