Ad Area

बबई नदीले बगाउँदा बेपत्ता महिला मृत फेला


घोराही,१९ असार । दाङमा बबई नदीले बगाउँदा वेपत्ता भएकी महिला मृत भेटिएकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–१४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा बुधवार बिहान बेपत्ता हुनुभएकी १९ बर्षीय सृजना चौधरी दिउँसो मृत फेला पर्नुभएको हो ।

नदीले बगाएर बेपत्ता हुनुभएकी चौधरीको शव दिउँसो १ बजेतिर दंगीशरण गाउँपालिकाको बैबाङ पुल नजिकेै फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक थापाका अनुसार दाङमा मंगलवार खोलाले बगाउँदा तुलसीपुर उपमहनगरपालिका–३ रानागाउँ निवासी ५१ बर्षीय ताराकुमारी गुरुङको मृत्यु भएको थियो ।

Blog Post Ad Blog Post Ad