नयाँ पुस्तालाई व्यवसायी बनाउने योजनामा छौं : चौधरी

महिलाहरु अधिकांश घरभित्र मात्रै सीमित हुने गरेको पाइन्छ । समाज, राष्ट्र परिवर्तका लागि केही गर्नुपर्छ भनि बाहिर आएका महिलाहरु पनि उद्यमी तथा व्यवसायमा कमै मात्रामा लाग्ने गरेका छन् । महिलाहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रुपमा सशक्तिकरण गरी आत्मनिर्भर गराउनु नै यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।
तसर्थ, महिलाहरुलाई यस्तै समस्यासँग जुझ्न सिकाउँदै महिलाहरुलाई उद्यमी तथा व्यवसायीका रुपमा अगाडि बढ्न ग्रामीण महिला उत्थान केन्द्र दाङले सहयोग गर्दै आएको छ । केन्द्रले विगत २७ वर्षदेखि जिल्ला तथा जिल्ला बाहिरका महिलाहरुलाई समेत आत्मनिर्भर तथा सशक्तिकरणका लागि कार्य गर्दै आएको छ ।
केन्द्रको पहलमा अहिलेसम्म करिब ३० हजार महिलाहरु उद्यमी तथा व्यवसायी बन्न सफल भइसेकेका छन् । महिलाहरुलाई आत्मनिर्भर र सशक्तिकरण गराउन के–कसरी कार्य गरिँदै आएको छ रु भन्ने विषयमा केन्द्रका अध्यक्ष आशमानी चौधरीसँग पत्रकार अमरराज आचार्यले गरेको कुराकानी सार संक्षेपमा ।
ग्रामीण महिला उत्थान केन्द्र दाङको स्थापना गर्नुको मुख्य उद्देश्य के हो ?
हरेक संघसंस्थाहरू आप्नो केही न केही उद्देश्य लिएर स्थापना भएका हुन्छन् । हामीले पनि आत्मनिर्भर र सशक्त समाजको परिकल्पनाका साथ संस्थाको स्थापना गरेका हौँ । अर्थात् संस्था स्थापना गर्नुको मुख्य उद्देश्य भनेकै महिलाहरूको आर्थिक, सामाजिक, शैक्षिक, सास्ंकृतिकलगायतका विषयमा महिलाहरूलाई सशक्तिकरण गर्नु नै थियो । विसं २०५० सालमा सोच बनाएर सुरुवात गरिएको संस्थाको विधिवत रूपमा २०५१ साल मंसिर २१ गते दर्ता गरेर अगाडि बढाएका हौँ ।
त्यो समयमा महिलाहरूलाई घरबाट बाहिर निस्कनका लागि निकै कठिन अवस्था थियो । घरभन्दा बाहिर ननिस्कने भएपछि समूह निर्माण गर्ने, संगठित हुने अवस्था पनि थिएन । घरभित्र मात्र सीमित रहेका महिलाहरूलाई संगठित गरेर आत्मनिर्भर र सशक्तिकरण गर्ने कार्य अहिले पनि संस्थाले गरिरहेको छ ।
किन आत्मनिर्भर सशक्तिकरणलाई नै प्राथमिकता दिनुभयो त ?
हामीले आत्मनिर्भर र सशक्तिकरणलाई प्राथमिकता दिनुको कारण जबसम्म मानिस आत्मनिर्भर बन्न सक्दैन तबसम्म ऊ अगाडि बढ्न सक्दैन । मानिस सफल बन्नका लागि सकारात्मक सोच र सशक्तिकरण हुन आवश्यक छ । यी दुवै भएमा मात्र मानिस आफ्नो खुट्टामा आफै उभिन सक्छ । समाजको विकासमा समेत सहयोग पुग्दछ ।
त्यसैले हामीले यसलाई प्राथमिकता दिएर अगाडि बढेका हौँ । आत्मनिर्भर र सशक्तिकरणमा जोड किन भन्ने सवाल काम गर्ने क्रममा पनि उठ्ने गर्छ । यसका लागि एउटा उदाहरण दिन चाहन्छु । हाम्रो संस्थाले समुदायमा पुगेर महिला समूह गठन ग¥यो, समूहमा बचत उठाउन सिकायो साथै बचत गर्नका लागि आफूले नै केही उद्यम गर्नुपर्छ भनेर ठाउँ, अवस्थाको विश्लेषण गरेर बाख्रापालन, कुखुरा पालन, तरकारी खेती, गाई–भैंसी पाल्नका लागि पाल्ने तरिकादेखि कर्जाको सही सदुपयोग कसरी गर्नेजस्ता कामहरू समुदायमै पुगेर सिकायौँ ।
समूह बनाएर थोरै बचतबाट सुरुवात गरेको हाम्रो समूहहरू अहिले दाङ, सल्यान र प्यूठानमा सहकारीको रूपमा परिणत भएका छन् । हामीले आत्मनिर्भर बन्नका लागि उद्यम गर्नुपर्छ, बचत गर्नुपर्छ भनेर सिकाएका न हौँ तर अहिले तीनवटा जिल्लामा रहेका १२ वटा सहकारीहरूले आप्mनो खसी, तरकारी, दुग्ध तथा लोकल कुखुराको व्यवसाय सञ्चालन गरिरहेका छन् । हामीसँग काम गर्दै जाँदा यस्ता थुप्रै उदाहरणहरू रहेका छन् । यिनै कारणहरूले नै हामीले सबैभन्दा पहिला आत्मनिर्भर र सशक्तिकरणलाई प्राथमिकतामा राखेका हौँ ।
सामाजिक कार्य गर्दा के–कस्ता समस्या भोग्नुभयो ?
कुनै पनि काम गर्दा समस्या त हुन्छन् नै । समस्यासँग डराएर होइन समस्याको समाधान गर्दै अगाडि बढेमा सफल भइन्छ भन्ने सोच हामीमा थियो । त्यसकारण पनि समस्यालाई समस्या नभनी हामी निरन्तर अगाडि बढेका हौँ । समाज रूपान्तरण गर्ने काम निकै चुनौतीपूर्ण हुन्छ तर पनि समस्यालाई हामीले अवसरको रूपमा लिएर निरन्तर अगाडि बढि नै रह्यौँ ।
सुरुमा समूह गठन गर्दा ५ दिनमा ३ वटा मात्रै समूह गठन भएकोे थियो । त्यो दिन भर्खरैजस्तो लाग्छ । हामीले समूह गठन गर्न जाँदा महिलाहरू घरभित्र लुक्ने गर्नुहुन्थ्यो, निरन्तर उहाँहरूलाई जानकारी गराउँदै गएपछि मात्रै समूहमा बस्नुभएको थियो । तसर्थ, त्यो समय समाजमा चेतनाको कमी थियो भने अझ पुरुषत्वको वर्चश्व रहेको हाम्रो समाजमा महिलाहरूलाई ‘कन्भिन्स’ गर्न निकै गाह्रो हुन्थ्यो ।
महिलाहरूलाई उद्यमी तथा व्यवसायी बनाउन के–के गदै आउनुभएको छ रु हामीले महिलाहरूलाई समूह गठन गरेर उद्यमी तथा व्यवसायी बन्नका लागि वित्तीय साक्षरता अभियान तथा लघुउद्यम, व्यवसायसम्बन्धी विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दै आएका छौँ, साथै विषयगत विभिन्न किसिमका तालिमहरू पनि सञ्चालन गर्दै आएका छौँ । सफल उद्यमी तथा व्यवसायीहरूबीच अनुभव आदान–प्रदान गर्ने कार्यक्रमहरूको समेत आयोजना गर्दै आएका छौँ ।
यस्ता कार्यक्रमहरूले गर्दा महिला दिदिबहिनीहरूलाई प्रेरणा मिल्ने गरेको छ । साथै उत्कृष्ट उद्यमीहरूलाई सम्मान तथा पुरस्कृत गर्ने कामहरू पनि गर्दै आएका छौँ । उद्यमी तथा व्यवसायी बन्न चाहनेहरूलाई बिना धितो ऋण समेत दिने गरेका छौँ । यसले गर्दा रकम नहुनेहरूलाई पनि उद्यमी तथा व्यवसायी बन्नबाट रोकिनु परेको छैन भने धेरै उद्यमी तथा व्यवसायी बन्न सफल पनि हुनुभएको छ । समूह जमानीका आधारमा ऋण दिने व्यवस्थाले गर्दा सदस्य दिदीबहिनीहरू समूहप्रति जिम्मेवार पनि हुनुहुन्छ ।
अहिलेसम्म कति उद्यमी तथा व्यवसायी बनाउन सफल हुनुभएको छ ?
हामीले गरेको प्रयासबाट जिल्ला तथा अन्य जिल्लाहरूमा गरेर करिब ३० हजार महिलाहरू उद्यमी तथा व्यावसायीहरू बन्न सफल हुनुभएको छ । उहाँहरूले ठूला उद्यम तथा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । हजार रूपैयाँ लगानीबाट आप्mनो व्यावसाय सुरुवात गर्नेहरू अहिले लाखौँको कारोबार गर्दै आफनो व्यवासयालाई विविधिकरका साथ स्वरोजगार बन्न सफल हुनुभएको छ ।
व्यावसायिक कृषि क्षेत्रमा समेत काम गर्नेहरूको संख्यामा अहिले वृद्धि हुँदै गएको छ । उहाँहरूले आप्mनो उद्यम तथा व्यवासायलाई थप उचाइमा पु¥याउनका लागि योजना समेत बनाउन थाल्नुभएको छ ।
अबको योजना के रहेको छ ?
समयको परिवर्तनसँगै योजना परिवर्तन हुँदै जाने गर्दछन् । हामीले पनि समय सापेक्ष आप्mना योजनाहरूलाई अगाडि बढाइरहेका छौँ । आगामी दिनमा अहिले उद्यमी तथा व्यवसायी बनेका पुराना पुस्ताहरू सँगसँगै नयाँ पुस्तालाई समेत यस क्षेत्रमा अगाडि बढाउने योजना गरेका छौँ ।
जसले गर्दा युवाहरूलाई रोजगारीका लागि भौँतारिनु भन्दा आफैले केही गर्नु पर्दछ भन्ने भावनाको विकास हुनेछ । उद्यमशीलताको विकासले नै समाज तथा देशको विकास गर्न समेत सहयोग पुग्नेछ । यसका लागि नयाँ पुस्तालाई वित्तीय साक्षरतासम्बन्धी शिक्षा तथा युवा लक्षित उद्यमशीलता विभिन्न तालिमहरू समेत प्रदान गरिने योजना रहेको छ ।
अन्त्यमा केही भन्नु छ ?
सर्वप्रथम, मलाई हाम्रो संस्थाले गरेको कामको बारेमा कुरा राख्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । महिला दिदीबहिनीहरू अहिले उद्यमी तथा व्यवसायी बनेको देख्दा खुसी लाग्ने गर्दछ । उहाँहरूको प्रगति देखेर आफूलाई आत्मसन्तुष्टि हुने गरेको छ । उहाँहरूको निरन्तर प्रगति हुँदै जाओस् भन्न चाहन्छु ।
अन्य महिला दिदीबहिनीहरूलाई पनि उद्यमशीलता तथा व्यवसायमा जोडिन आग्रह गर्दछु । आफू आप्mनो खुट्टामा उभिनका लागि आफैले नै गर्ने हो र गर्नुपर्छ । महिलाहरूलाई यस क्षेत्रमा आवश्यक पर्ने सहयोगका लागि मैले मेरो तर्फबाट हुनसक्ने सहयोग गर्न म सधैँ नै तयार छु । अन्त्यमा समाज रूपान्तरण तथा परिवर्तनका लागि, मैले आजसम्म सिकेको र जानेको कुरा तपाईंहरूलाई पनि भन्न चाहन्छु ।
‘म विजेता हु, म नेतृत्व गर्न सक्छु, म जिम्मेवार मान्छे हु, म मेरो क्षमतामा विश्वास गर्छु, म मेरो लक्ष्य प्राप्त गर्न सक्षम छु, मेरो जन्म जित्नको लागि भएको हो, परिवर्तन र अवसरको लागि म सदैव तयार छु याी भनाइहरूलाई तपाईं हामी सबैले सदैव आत्मसात गरी कार्यन्वयनमा ल्याउन सक्यौँ भने पक्कै पनि एउटा सफल नेतृत्व तथा व्यक्तित्व बन्न सकिनेछ । त्यसका लागी तपाईं हामी सबैले कोसिस गरौँ ।