Ad Area

संस्कृत विश्वविद्यालयका उपकुलपतिले सोधे कुलसचिवलाई पाँच बुँदे स्पष्टीकरण


दाङ,२७ असार । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङका पदाधिकारीहरूका बीचको आपसी तिक्तता छताछुल्ल भएको छ।

उपकुलपति प्रा.डा. यादव प्रसाद लामिछाने र कुलसचिव (रजिष्ट्रार) माधव अधिकारी बीचको विवाद छताछुल्ल भएको हो।

उपकुलपतिले असार १४ गते कुलसचिवलाई हप्ता दिनको समय सीमा राखेर पाँच बुँदे स्पष्टीकरण पत्र लिखित रूपमै थमाएका थिए। त्यसमा उपकुलपति लामिछानेले कुलसचिव अधिकारीमाथि विश्वविद्यालयको गोपनीयता भंग गरेकोदेखि आर्थिक अपचलन गरेको जस्ता आरोप लगाएका छन्।

त्यसको स्पष्टीकरण आफूले असार २० गते पठाइसकेको कुलसचिव अधिकारीले  बताए। तर, त्यसमा चित्त नबुझेको भन्दै फेरि तीन दिन पछाडि उपकुलपति लामिछाने फेरि कुलसचिव लामिछानेलाई चित्त बुझ्दो स्पष्टीकरण दिन भन्दै पत्र काटेका थिए। आफूले सोको पनि जबाफ दिइसकेको कुलसचिव अधिकारीले बताए।

‘गल्ती नै नगरेपछि किन डराउनु?,’ अधिकारीले भने, ‘त्यसमा मैले आत्मालोचना गर्नुपर्ने भन्ने उहाँको कुरा मलाई स्वीकार्य छैन।’

कुलसचिव अधिकारीले उपकुलपति लामिछानेको समूह केही आफू अनुकूलका कर्मचारी करारमा राख्ने दाउमा रहँदा आफूले विरोध गरेपछि त्यसैको प्रतिशोध आफूमाथि साँध्न खोजिएको बताए। ‘म संस्कृत क्षेत्रको भन्दा बाहिर गई काम गरेकै छैन,’ अधिकारीले भने।

Blog Post Ad
Blog Post Ad Blog Post Ad