एक महिनामा प्राकृतिक विपत्तिबाट ८८ जनाको मृत्यु

दाङ,२७ असार । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठदेखि असार २ठ गतेसम्म प्राकृतिक विपद्बाट ८८ जनाको मृत्यु भएको छ ।
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परेर १०६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको हो ।
बिहीबार दिउँसोसम्म विपद्मा परी कोशी प्रदेशमा १९ जना, मधेशमा ४, बागमतीमा ६, गण्डकीमा २५, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ गरी ८८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी ६ जना बेपत्ता भएका छन् ।