Ad Area

दाङ पूर्ण खोप जिल्ला घोषणा


घोराही, २८ असार । दाङ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा घोषणा भएको छ । जिल्लाका दश वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि शुक्रवार घोराहीमा कार्यक्रमको आयोजना गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनले दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्लाका भएको घोषणा गर्नुभएको थियो ।

पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्दै स्वास्थ्यमन्त्री पुनले खोपको सुनिश्चिततासँगै यसको दीगोपनाका लागि सबै पक्षले काम गर्नुपर्ने बताउनुभएको हो । स्वास्थ्यमन्त्री पुनले शिक्षा र स्वास्थ्य राज्यको पहिलो दायित्व भएको हुँदा सबैलाई यसको पहुँचमा पुर्याउने प्रयास जारी रहेको बताउनुभएको हो ।

समुदायमा सामाजिक तथा चेतना जागरुकता अभावमा चुनौती रहेपनि दायित्व पूरा गर्न राज्य लागि परेको उहाँले बताउनुभयो । हरेक सुचकमा लुम्बिनी प्रदेश पछि परेको हुँदा सुचक सुधारका लागि वृहत समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।

कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले नेपाल सरकारले लिएको लक्ष्यलाई पूरा गर्न सबै तह लाग्नुपर्ने बताउनुभएको थियो । स्वस्थ शरीर नै व्यस्त जनशक्तिको मुख्य आधार भएको भन्दै उहाँले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन लाग्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय बुटवलका खोप फोकल कुमार थापाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना भएको प्रमाण पत्र पढेर सुनाउँदै स्वास्थ्यमन्त्रीमार्फत जिल्ला खोप समन्वय समिति दाङलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

Blog Post Ad

जिल्लामा बिसिजी खोप कभरेज ९४.५ प्रतिशत, पेन्टाभ्यालेन्ट पहिलो कभरेज ९५ प्रतिशत, दादुरा रुबेला दोश्रो कभरेज १०५ प्रतिशत, पूर्ण खोप कभरेज १०५ प्रतिशत रहेको छ । स्वास्थ्य कार्यालयका अनुसार १६ देखि ५९ महिनासम्मका शून्य डोज बच्चा १२ जना र १६ देखि ५९ महिनासम्मका ड्रप आउट बच्चा ७२ जना रहेका छन् ।

जिल्लामा पूर्ण खोपको अवस्थाका बारेमा जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख किशोर आचार्यले जानकारी गराउनुभएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नारुलाल चौधरी, दंगीशरण गाउपालिका अध्यक्ष शम्भु गिरीले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकारण खोप फोकल पर्सन कमल चन्दले गर्नुभएको थियो।

Blog Post Ad Blog Post Ad