Ad Area

अधिकारीको जीवन दर्पण तमसोमा ज्योतिर्गमयको समीक्षा


घोराही, २८ असार । साहित्यकार एकराज शर्मा अधिकारीको साहित्यिक कृति जीवन दर्पण तमसोमा ज्योतिर्गमयको समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रम अन्तरगत १९२ औँ श्रृङखलामा शुक्रबार सो कृतिको समीक्षा गरिएको हो ।

राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा परिषदका केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सो कृतिको साहित्यकार पद्मप्रसाद शर्माले समीक्षा गर्नुभयो । कुल १४३ पृष्ठको कृतिमा ३८ वटा शीर्षकमा विभिन्न विषय समावेश भएको साहित्यकार शर्माले बताउनुभयो ।

उहाँको साहित्यकार अधिकारीको कृतिले समाजलाई गतिशील बनाउन विचार निर्माणमा सहयोग पुर्याउने बताउनुभयो । मानवतावादी चिन्तन प्राथमिकता रहेको कृतिले मानिसलाई मानवता आत्मसात गर्न सिकाएको टिप्पणी गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि खनालले उमेरले ८१ वर्ष पुगि सक्नु भएका साहित्यकार अधिकारीको साहित्य सिर्जना हरेक दृष्टिकोणले समय सापेक्ष रहेको बताउनुभयो । साहित्यकार अधिकारीले कृतिका बारेमा आफ्नो अनुभव सुनाउँदै सबैलाई धन्यवाद दिनुभएको थियो ।

Blog Post Ad

परिषद जिल्ला उपाध्यक्ष सुरेश पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव विणा रोकाले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad