Ad Area

पाण्डवेश्वर महादेव मन्दिरमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने


 

घोराही, २८ असार । दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने भएको छ । यही साउनको १ गतेलदेखि ३२ गतेसम्म श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रीगारिक महाआरती संचालन हुने भएको हो ।

पाण्डवेश्वर महादेव धामको धार्मिक तथा पर्यापर्यटकिय प्रवद्र्धन एवं सनातन धार्मिक जागरणका लागि मन्दिरले एक महिने महायज्ञ तथा श्रीगारिक महाआरती संचालन गर्न लागेको हो । मन्दिर व्यवस्थापन समिति तथा महायज्ञ मुल आयोजक समितिले मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि एक महिने धार्मिक महायज्ञ तथा श्रृगांरिक महाआरतीको तयारी बारेमा जानकारी दिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महायज्ञ तथा महाआरतीको तयारीको बारेमा जानकारी दिइएको हो । महायज्ञ तथा महाआरतीलाई भव्यताकासाथ सफल बनाउन विभिन्न उप–समिति गठन गरिएको छ ।

श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ तथा श्रृगांरिक महाआरतीमा विभिन्न धार्मिक दैनिक कार्यक्रम संचालन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुुभयो । जसमा आरती संकल्प, ब्राह्मण भोजन संकलन, प्रसादी वित।ण संकलन, रुद्राभिषेक संकलन र श्रावण ३१ गते सामूहिक लक्ष्यवर्तिका दिप प्रज्वलन कार्यक्रम तय गरिएको छ । साउनको २ गतेदेखि साउन ३२ गतेसम्म बिहान ४ बजेदेखि बिहान ६ बजेसम्म, रुद्राभिषेक नृत्य पुजा, बिहान ७ देखि १० बजेसम्म पाठ पारायाण, बिहान साढे ११ बजेदेखि दिउसो साढे ३ बजेसम्म कथा प्रवचन तथा श्रवण र साढे ३ बजेदेखि कथा समापन तथा आरती संचालन हुने मन्दिर व्यवस्थापन समितिका सचिव बिष्णुराम आचार्यले जानकारी दिनुुभयो ।

पत्रकार सम्मेलनमा टेन्ट लाईन तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमितिका संयोजक विवेक श्रेष्ठले वर्षातको समयमा भक्तजनहरु लाई वर्षातवाट जोगाउन जस्तापाता र प्लाष्टिकसहितको टेन्ट महायज्ञ संचालन परिसरमा व्यवस्थापन गरिने जानकारी दिनुुभयो । साथै मन्दिर परिसरभित्र महायज्ञ अवधीभर भक्तजनहरुको किनमेलका लागि २५ वटा स्थानीय उत्पादनका विभिन्न स्टल तथा वाल उद्यान समेत संचालन गरिने जानकारी दिनुुभयो ।

Blog Post Ad

त्यस्तै मन्दिर व्यवस्थापन समितिका सल्लाहकार तथा महायज्ञ अनुुगमन उपसमितिका संयोजक श्रीधर शर्मा पौडेलले धार्मिक जागरण तथा प्रचारप्रसारका लागि सहभागी हुन सबैमा अनुरोध गर्नुुभएको छ । पत्रकार सम्मेलनमा महायज्ञ संचालन आर्थिक उपसमितिका संयोजक रेवबहादुर बुुढाथोकीले महायज्ञ तथा महाआरती संचालन र सफलताका लागि तन, मन र धन सहयोग गर्न दाङवासीमा अपिल गर्नुुभएको छ ।

पत्रकार सम्मेलनमा श्री शिवमहापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृगारिक महाआरतीमा राष्ट्रिय ख्याती प्राप्त विद्धान पण्डित कोमल उपाध्याय प्रमुख कथा वाचक भावमय कथा बाचन गर्नुुहुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञका लागि महायज्ञ मुल आयोजक समितिले विभिन्न उप समितिले गठन गरेको छ । जस अनुसार शारदा पोख्रेलको संयोजकत्वमा यज्ञ पुजा व्यवस्थापन उपसमिति , विवेक श्रेष्ठको संयोजकत्वमा टेन्ट लाईनिङ तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, निमबहादुुर चौधरीको संयोजकत्वमा भोजना तथा आवास व्यवस्थापन उपसमिति, शंकर गौतमलको संयोजकत्वमा दाता पहिचान तथा स्वागत उपसमिति, विष्णुुराम आचार्यको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, केशव बहादुर बिसीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति रहेको छ ।

त्यसैगरी रेवबहादुर बुढाथोकीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, बोधिलाल शर्माको संयोजकत्वमा सामान खरिद उपसमिति, लोकबहादुर बिकको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, गणेशकुमार अधिकारीको संयोजकत्वमा यज्ञ संचालन उपसमिति, श्रीधर शर्मा पौडेलको संयोजकत्वमा अनुुगमन उपसमिति र हरिप्रसाद चौधरीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

Blog Post Ad Blog Post Ad