Ad Area

दुई बर्षमा बन्नुपर्ने पुल सात वर्षमा पनि बनेन


घोराही, २९ असार । निर्माण व्यवसायीको चरण लापरवाहीका कारण सात बर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन । दुई बर्षभित्रमा निर्माण गरि सक्ने गरि सम्झौता भएको पुल सात बर्ष वितिसक्दा दुई वटा मात्र पिलर ठडिएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ गिधनियास्थीत तुई खोलामा पुल निर्माणका लागि २०७४ सालमा २०७६ साल असोज महिनामा पुल निर्माणको काम सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालयका अनुसार पुल निर्माणको ठेक्का बाँके नेपालगञ्जको एड्भेञ्चर जेवी जेभीले पाएको थियो ।

ठेक्का सम्झौता अनुसार निर्धारित समयमा म्यादथप नभएपछि अहिलेसम्म चारपटक म्याद थप भइसकेको छ तर पुल निर्माण भने हुन नसकेको छैन । चौथो पटक थप भएको म्यादअनुसार पुल २०८० असार १४ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो तर निर्माण व्यवसायीको चरम लापरवाहीका कारण चार पटक म्यादथप हुँदा पनि पुल निर्माणको काम हुन नसकेको स्थानीय स्थानीय अरुण नेपाली बताउँनुहुन्छ ।

काम सुरु भएको लामो समयसम्म पनि पुल निर्माण हुन नसक्दा जनताले दुःख पाएको भन्दै नेपालीले भन्नुभयो,‘पुल निर्माणको काम सुरु हुँदा जनतामा खुसी छाएको थियो । बर्षाैपछि बर्षादको समयमा दिने दुःख हट्ने भयो झै लागेको थियो तर ठेकेदारले काम नै नगर्दा अव त पुल पनि बन्दै कि झै लाग्छ ?’ उहाँका अनुसार ७१ मिटर लम्वाइको पुल सात बर्षसम्म बन्न सकेको छैन । पुल निर्माण हुन नसक्दा स्थानीयलाई हिडडुल गर्नसँगै बालबालिकालाई विद्यालय आउन समस्या हुने गरेको छ ।

पुल निर्माणका लागि सडक डिभिजन कार्यालय दाङले निर्माण व्यवसायीलाई पटक पटक आग्रह गर्दा समेत पुल निर्माणको काम अघि नबढाएपछि ठेक्का तोडिएको सडक डिभिजन दाङका इञ्जिनियर महेश बिकले जानकारी दिनुभएको छ । ठेक्का तोडिएपछि निर्माण व्यवसायीले अदालतमा मुद्धा दायर गरेकाले केही समय काममा ढिलाई भएको भन्दै अव नयाँ आर्थिक बर्षको भदौ महिनामा नयाँ टेण्डर गरेर पुल निर्माणको कामलाई अघि बढाउने तयारीमा कार्यलय रहेको सडक डिभिजन दाङका इञ्जिनियर बिकले जानकारी दिनुभएको छ ।

निर्माण व्यवसायीको लापरवाहीका कारण लामोसमय पुल हुन नसकेको भन्दै इन्जिनियर विकले भन्नुभयो,‘पुल निर्माणका लागि पटक पटक आग्रह गरौ, तर निर्माण व्यवसायीले काम गर्ने नदेखिएपछि अहिले ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थालेका छौ ।’ निर्माण व्यवसायीको लापरवाहीकाकारण दुई वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म बन्न नसक्दा ठेक्का तोड्न बाध्य भएको बताउनुभएको छ ।

Blog Post Ad

उहाँले भन्नुभयो,‘त्यो ठेकेदारबाट काम नहुने देखेपछि चैतमा ठेक्का रद्द गरेका थियौ तर नयाँ ठेक्का टेण्डरको काम अगाडि बढाउनुपर्ने समयमा ठेकेदार कम्पनीले त्यो काम आफैले गर्न पाउनुपर्ने भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । अहिले त्यो मुद्धा पनि अदालतले खारेजी गरिदिएपछि नयाँ ठेक्काको बाटो खेलेको छ ।’ छ करोड ८२ लाख ३७ हजार नौ सय ६३ रुपैयाँ ६८ पैसा लागतमा पुल निर्माणका लागि ठेक्का भएको थियो ।

Blog Post Ad Blog Post Ad