Ad Area

घोराहीको भानुचोकमा मनाईयो २११ औँ भानु जयन्ती


घोराही, २९ असार । दाङका साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्णण गरेर २११ औँ जयन्ती मनाएका छन् ।

नेपाली साहित्य, भाषामा खेल्नुभएको भुमिका स्मरण गर्दै घोराहीको भानु चोकमा रहेको आदिकवि आचार्यले तस्वीरमा टीका, माला अर्पण गरेर मनाएका छन् । जिल्लामा रहेका विभिन्न साहित्यकारहरु आज बिहान भानु चोकमा भेला भएर उहाँको जीवनी र योगदानको सम्झना गर्नुभयो ।

राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष यम रेग्मी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रलेस केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मालगायतले भानुभक्तको नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन ऐतिहासिक योगदान गरेको बताउनुभयो ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएको उहाँहरुको भनाई थियो ।

Blog Post Ad

सो अवसरमा साहत्यिकारहरु महेशकुमार न्यौपाने, सुरेश कुमार पाण्डे र जीवी चिन्तनलगायतले भानुभक्त आचार्यको सम्झनामा कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण राप्ती साहत्यि परिषदका उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तका ‘वधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति रहेका छन् ।

उहाँको निधन विक्रम संंवत १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा अझ भव्य रुपमा मनाउने गरिएको छ ।

Blog Post Ad Blog Post Ad