Ad Area

एम्बाप्पेको सपना पूरा भएको दिन,७० हजार बढी दर्शकले गरे स्वागत


दाङ, १ साउन । रियल मड्रिडको जर्सी लगाउने केलियन एम्बाप्पेको सपना मंगलबार पूरा भएको छ ।

फ्रेन्च फर्वाड एम्बाप्पेलाई सान्टिएगो बेर्नाबाउमा करिब ७० हजार समर्थकले स्वागत गरेका थिए । २५ वर्षका फर्वाडले ५ वर्षको सम्झौता गरेका छन् ।

सम्झौतामा हस्ताक्षरपछि मैदान प्रवेश गरेका उनलाई ठूलो संख्यामा उपस्थित समर्थकले स्वागत गरे । ९ नम्बर जर्सी लगाएका उनले स्पानिस भाषामा भने,‘यो मेरा लागि अविश्वसनीय दिन हो । बालक हुँदादेखि नै मैले मड्रिडका लागि खेल्ने सपना देखेको थिएँ र आज म यहाँ छु । यो मेरा लागि निकै महत्वपूर्ण छ ।’

एम्बाप्पेलाई अनुबन्ध गर्नुलाई रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबका लागि ऐतिहासिक काम भनेका छन् । उनले भने, ‘आज हामी एक असाधारण खेलाडीलाई स्वागत गर्दैछौं, जसले आफ्नो बाल्यकालको सपना पूरा गर्दैछन् ।’

उनले अगाडि भने, ‘आज तपाईं यहाँ हुनुहुन्छ, जुन तपाईंले चाहनुभएको थियो । यो सेतो जर्सी लगाउन सक्षम हुनका लागि गरेको महान प्रयासका लागि धन्यवाद ।’

रियलले एम्बोप्पेलाई पहिल्यै अनुबन्ध गर्न चाहेको थियो, तर एम्बोप्पेले पेरिस सेन्ट जर्मेन पीएसजीसँग नयाँ सम्झौता नगर्ने निर्णय लिएपछि गत जुनमा पक्का भयो । उक्त निर्णय मंगलबार पूरा भएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad