Ad Area

राप्ती प्रतिष्ठानमा विरामी बढेपछि थप दुई वटा अत्याधुनिक ओटी सञ्चालन, अप्रेसनका लागि पालो कुर्नुपर्ने बाध्यता हट्दै


दाङ,१ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अपरेशन थिएटर सञ्चालनमा आएको छ । अप्रेसन गर्ने विरामीको चाप अत्याधिक बढेपछि त्यसलाई मध्यनजर गर्दै थप दुइ वटा ओटी सञ्चालनमा ल्याईएको उपकुलपति डा विकास लामिछानेले बताउनु भयो ।

सुविधा सम्पन्न रहेका दुई वटा ओटिरुमको एक कार्यक्रमकाविच उपकुलपति डा लामिछानेले रिवन काटेर उद्घाटन गर्नु भएको हो । सो अवसरमा उपकुलपति डा लामिछानेले थोेरैमात्रै अप्रेसन थिएटर हुँदा विरामीलाई अप्रेसनकै लागि पालो कुर्नुपर्ने बध्यता रहदै आएकोमा अवदेखि विस्तारै हट्दै जाने बताउनु भयो ।

उहाँले प्रतिष्ठानमा विशेषज्ञ चिकित्सको थपिएसंगै सेवामा सुधार हुँदै गइरहेको बताउदै अप्रेसन गर्नका निमित्त प्रतिष्ठानमा अप्रेसन थिएटरको संख्या ६ वटा पुगेको बताउनुभयो । त्यस्तै प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा जनार्दन पन्थीले अस्पतालमा अप्रेसन गर्न ओटिरुम थपिनु सुखद पक्ष भएको भन्दै अप्रेसनका लागि विरामी र चिकित्सकले पालो कुर्नुपर्ने समस्या अवदेखि हट्दै जाने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिष्ठानका ओटी इञ्चार्ज एनेस्थेसियोलोजिष्ट डा राजन शाक्यले सुरुमा दुई वटा ओटीवाट सुरु गरेको अप्रेसन सेवा अव ६ वटा ओटी भएसंगै सेवालाई ब्यवस्थित गर्नमा थप सहजता मिलेको बताउनुभयो । दैनिक २५ वटा बढी अप्रेसन हुँने गरेको जानकारी दिदैँ उहाँले अप्रेसन गर्नुपर्ने विरामीहरुको संख्या बढ्दै गएकाले ओटी विस्तारमा जोड दिईएको बताउनुभयो ।

प्रतिष्ठानका मेट्रोन शर्मिला शर्माले नयाँ ओटी सञ्चालनमा आएसंगै चिकित्सक र नर्शसहीतको स्वास्थ्यकर्मी जनशक्ति ब्यवस्थापन भइसकेको बताउँदै थोरै ओटी हुँदा चिकित्सकले अप्रेसनका लागि निकै समय पालो कुनुपर्ने समस्या रहेकोमा अवदेखि त्यो नहुँने विचार ब्यक्त गर्नुभयो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad