Ad Area

राँके तिवार पर्व कार्यक्रम एक दिनलाई थप


भ्यूमान पुन
दाङ,५ साउन।रोल्पाली उवा सेवा समाज दाङले आयोजना गरेको राके तिवार पर्वको कार्यक्रम -२०८१ एक दिन थप गरेको छ । साउन महिनाको ५ गतेसम्म मनाइने भूमे पर्व।एक दिनलाई थप गरिएको हो ।
रोल्पाली उवा सेवा समाज दाङले आयोजना गरेको राके तिवार दाङको घोराही उपमहानगरपालिका वडा नं १३ स्थित तुरून्तपुरमा भइरहेको छ । मेला साउन महिनाको १गतेदेखि सुरू भइरहेको ५ गतेसम्म सम्पन्न हुने कार्यक्रम रोल्पाली उवा समाज दाङका सल्लाहकार घोराही १४ निवासी गुमानबहादुर पुनमगरले १दिनका लागि राँके मेला किन्नु भएको छ ।

रोल्पाली उवा सेवा समाजका अध्यक्ष जीवनविक्रम रोका मगरका अनुसार राके तिवार पर्वको कार्यक्रम साउन महिनाको ६ गते‌‌ सम्पन्न हुने फेरि एक दिन थप गरिएको बताउनुभयो । उनले साउन ६ गते आइतबर अन्तिम दिन सबैलाई उपस्थिति रहने सबैलाई आग्रह गरहेका छन् ।

समाजका सल्लाहकार गुमान बहादुर पुन मगरले ‌ मेला थप्दा एक लाख पचास रुपैयाँ समाजकाे काेषमा जम्मा गरेर सहयोग गरेका छन् ।
उक्त ठाउँमा भूमे नाचका सहभागीहरू पहिलोकाे दिनभन्दा धेरै सहभागीता‌ भएको हुँदा भोलि अन्तिम दिन पनि राम्रो उपस्थिति रहने रोल्पाली उवा सेवा समाज दाङका सदस्य लक्ष्मी रोका मगरले बताएकी छन।

Blog Post Ad Blog Post Ad