Ad Area

कविता: गुरु !


श्रीराम दहित
गुरु ब्रह्मा,गुरु विष्णु ,गुरु देवो महेश्वर !
ज्ञानका स्रोत हुन् गुरु मान्नुपर्छ ईश्वर !

भौतिक जन्मसंगै पारिवारिक संस्कार प्रदान गर्ने मातापिता गुरु !
स्वयंकी पहिचान गराउन आध्यात्मिक जन्मदाता नमन महान गुरु!

शिष्यको जीवन सार्थक बनाउन स्वयंको आचरण प्रदान गर्ने गुरु!
गुरुले प्रदान गरेका अक्षर शब्द मन्त्र दिक्षाबाट पार तार्ने हुन् गुरु !

असल गुरुले बनाउने राजनेता योगी सर्जन सर्जक अनि असल साधक!
मार्ग सधैं विराट हुन्छ गुरु स्वयं जलि ज्ञान गंगामा कहिल्यै नबनौं बाधक!

चिन्तन चरीत्र पवित्र पावन उस्तै पवित्र “गुरु” नाम !
ब्रह्मा ,विष्णु ,महेश्वर स्वरुप गुरु कोटी- कोटी प्रणाम!

स्वयं संग संघर्ष याचना होइन प्रार्थना गर्न प्रेरणा प्रदान गर्ने सद्गुरु प्रणाम!
कर्तव्य दायित्व शिष्यको काया कल्प गराउने सद्गुरुलाई शिर झुकाइ प्रणाम!

Blog Post Ad

ज्ञानको अमृत धारा उज्यालो जगत,उनै सदगुरु सारा !
सुर्य-चन्द्र जत्तिकै महत्त्व युगौयुगसम्म आभारी बनायौं सारा!

परम्परा गुरु गरिमामय अमृत ग्रहण गर्नुछ सबै शिष्य साधक !
मानवमा जागरण ल्याउने गुरु मार्गमा कोही बन्ने छैन बाधक !

Blog Post Ad Blog Post Ad