Ad Area

नेपालले दियो पाकिस्तानलाई १०९ रनको लक्ष्य


काठमाडौं,६ साउन । एसिसी महिला टि-२० एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानसामू १०९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रनको योगफल तयार पार्यो ।

नेपालका लागि कविता जोशीले अविजित ३१ रनको योगदान गरिन् । यसैगरी सीता रानमगरले २६, पुजा महतोले २५ र कविता कुँवरले १३ रन बनाए ।

पाकिस्तानका लागि सादिया इक्बालले दुई र फातिमा सानले एक विकेट लिए ।

नेपाल पाकिस्तानलाई पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । यता पाकिस्तान जित निकाल्दै सेमिफाइनल सम्भावान जिवितै राख्न चाहन्छ ।

पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराउँदा पाकिस्तान भारतसँग सात विकेटले पराजित गरेको थियो।

Blog Post Ad

 

Blog Post Ad Blog Post Ad