लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

दाङ,७ साउन । लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयले संबिधानको धारा १६८ (२) बमोजिम आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जनाइएको छ ।
यस अघि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले उपनेता सहितको टोली प्रदेश प्रमुखको कार्यालय पुगेर आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी प्रस्तुत गरेका थिए । मुख्यमन्त्रीको सपथ भने भोली मात्र हुने बताइएको