Ad Area

दाङमा जडीबुटी उत्पादन बढ्यो १ लाख ७० हजार किलो टिमुर फल्दा मालागेडी डेढ लाख किलो फल्यो


घोराही, ८ साउन । दाङमा गैरकाष्ठ वन पैदावार उत्पादनसँगै निकासीमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा व्यापक परिमाणमा उत्पादनमा गिरावट आएपनि गत आर्थिक वर्ष २०८०–०८१ जडिबुटी उत्पादनसँगै निकासीमा वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा झण्डै ६ लाख किलो जडिबुटी उत्पादन भएको छ ।

गैरकाष्ठ वन पैदावार अर्थात जडीबुटीजन्य बस्तु जिल्लाको राष्ट्रिय वन क्षेत्र र नीजि वन क्षेत्रबाट ५ लाख ९७ हजार ९ सय ३० किलो उत्पादन भएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा १ लाख ६९ हजार ८ सय ५ किलो टिमुर उत्पादन भएको छ । जसमा राष्ट्रिय वन क्षेत्रबाट २० हजार १ सय ३५ किलो टिमुर निकासी गर्दा २ लाख १ हजार ३ सय ५० रुपैयाँ राजश्व संकलन गरेको छ । यसैगरी, राष्ट्रिय वन क्षेत्रबाट ११ हजार ५ सय ५ किलो र नीजि वनबाट १ लाख ३९ हजार ६ सय २० किलो मालागेडी उत्पादन भएको छ । जसमा राष्ट्रिय वन क्षेत्रबाट उत्पादन भएको ११ हजार ५ सय ५ किलो मालागेडी निकासी गर्दा २ लाख ५ हजार १ सय रुपैयाँ राजश्व उठाएको छ ।

नीजि वन क्षेत्रमा उत्पादित जुडीबुटीको बाहेक राष्ट्रिय वन क्षेत्रबाट कालादाना ६ हजार ४० किलो उत्पादन हुँदा ३१ हजार २ सय, रिठा ७ हजार ३ सय ५० किलो उत्पादन हुँदा २२ हजार ५० रुपैयाँ, तेजपात ६ हजार किलो उत्पादन हुँदा १८ हजार रुपैयाँ, दालचिनी १ हजार ५ सय किलो उत्पादन हुँदा १५ हजार रुपैयाँ, चुत्रो १ हजार ५ सय किलो उत्पादन हुँदा १५ हजार रुपैयाँ, दुधेलहरा ३ हजार किलो उत्पादन हुँदा ६ हजार रुपैयाँ, बेलफल १ हजार किलो उत्पादन हुँदा २ हजार रुपैयाँ, टटेलो बोक्रा २ हजार किलो उत्पादन हुँदा १० हजार रुपैयाँ, धाईरो फूल १ हजार किलो उत्पादन हुँदा १ हजार रुपैयाँ, बर्रो २ हजार किलो उत्पादन हुँदा ४ हजार रुपैयाँ, अमला २ हजार किलो उत्पादन हुँदा ४ हजार रुपैयाँ, भृगराज ५ सय किलो उत्पादन हुँदा २ हजार ५ सय रुपैयाँ, घोडेपाप्रे १ हजार ५सय किलो उत्पादन हुँदा ३ हजार र पुननवर्न ५ सय किलो उत्पादन हुँदा ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी, गत आर्थिक वर्षमा नीजि वन क्षेत्रबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको छ । टिमुर १ लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी १ लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ ।

यसैगरी, चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । जकबी, आर्थिक वर्ष २०७८–०७९ मा ४ लाख ३८ हजार ९ सय ५२ किलो गैरकाष्ठ वन पैदावार अर्थात जडीबुटीजन्य बस्तु उत्पादन भई निकासी भएकोमा आर्थिक वर्ष २०७९–०८० मा उत्पादन घटेर ३ लाख ६१ हजार ८ सय २६ किलो मात्रै निकासी भएको थियो । जडीबुटी उत्पादनमा व्यापक गिरावट आएको बेला गत आर्थिक वर्षमा उत्पादनमा सुधार आएको छ । जिल्लामा रहेको राष्ट्रिय वन र नीजि वन क्षेत्रमा उत्पादन हुने जडीबुटी अन्तरगत राष्ट्रिय वन क्षेत्र र नीजि वनमा उत्पादन हुने जडीबुटीमा अहिले सुधार देखिएको डिभिजन वन कार्यालय दाङको तथ्यांकले देखाएको छ ।

डिभिजन वनले टिमुरलगायत जडीबुटी खेतीको प्रवद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि आर्थिक लगानी गरेको छ । तर अझै पनि यसले प्रतिफल अपेक्षा अनुसार आउन सकेको छैन । जसका कारण जडीबुटी उत्पादनसँगै निर्यातमा अपेक्षा गरिएको अनुसार उपलब्धी आउन सकेको छैन भने राजश्व संकलन पनि लक्ष्य अनुसार संकलन हुन सकेको छैन । आर्थिक वर्ष २०७८–०७९ मा ६ लाख ३८ हजार राजश्व उठाएको डिभिजन वन कार्यालय दाङले बितेको आर्थिक वर्ष २०७९–०८० मा घटेर ५ लाख ६१ हजार ५ सय रुपैयाँ मात्रै राजश्व उठाएको थियो । यद्यपि, गत आर्थिक वर्ष २०८०–०८१ मा जडीबुटी संकलन इजाजत वापतको राजश्वमा केही सुधार गरेको छ । यो वर्ष ५ लाख ७६ हजार ७ सय रुपैयाँ राजश्व उठाएको छ । आर्थिक वर्ष २०७८–०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकोमा बितेको आर्थिक वर्ष २०७९–०८० मा घटेर १३ हजार किलोमा झरेको थियो ।

Blog Post Ad

डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा दाङको राष्ट्रिय र नीजि वनबाट २ लाख ४१ हजार ७ सय ४२ किलो निर्यात भएको थियो तर बितेको आर्थिक वर्ष २०७९–०८० मा यसको उत्पादन घटेर ८५ हजार ९ सय ६ किलो मात्रै टिमुर जिल्लाबाट उत्पादनसँगै निर्माण भएको थियो । टिमुर उत्पादनका लागि दाङ पकेट क्षेत्रका रुपमा लिने गरिएको छ । टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बंगलाचुली गाउँपालिकासहित घोराही १८, तुलसीपुर १९, शान्तिनगरलगायत पहाडी क्षेत्रमा लामो समयदेखि टिमुर खेती हुँदै आएको छ । राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिमुरबाट राजस्व लिने गरेको छ । नीजि वनबाट उत्पादनभएको टिमुरको राजस्व लिने नगरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जटीबुटीका बिरुवा रोपिएको डिभिजन वनले जनाएको छ ।

Blog Post Ad Blog Post Ad