Ad Area

नेपाल  क्वानकीडो संघको अध्यक्षमा बिसी निर्वाचित


दाङ,८ साउन । नेपाल  क्वानकीडो संघको अध्यक्षमा सुवर्ण बिसी निर्वाचित भएका छन्। काठमाडौको लाजिम्पाटमा भएको प्रथम राष्ट्रिय अधिवेशनले विसीको अध्यक्षतामा १९ सदस्य नयाँ कमिटी चयन गरेको हो ।

प्रथम राष्ट्रिय अधिवेशनले संघको उपाध्यक्षमा भूपेन्द्र वली, सन्देश दर्लामी र दोर्जे मगर, महासचिवमा टेकराज केसी, उपमहासचिवमा विवेक धिमाल, सचिवमा प्रेम पुन मगर र कोषाध्यक्षमा रस्कु क्षत्रीलाई निर्वाचित गरेको छ ।

त्यसैगरी सदस्यमा प्रज्वल शाही,रुपेश यादव, समित वैद्य, सिर्जना बुढा मगर, राजकुमार बुढा, सुरज थापा मगर र विजय घर्ती मगर रहेका छन्। वरिष्ठ उपाध्यक्षमा भने पछि थप गरिने भएको छ ।
नेपाल  क्वानकीडो संघका अध्यक्ष भुवन बुढाको अध्यक्षतामा भएको प्रथम अधिवेशनको प्रमुख आतिथ्य पूर्व सभामुख ओनसरी घर्ती,विशिस्ट आतिथ्यता पूर्व मन्त्री गणेशमान पुनले उदघाटन गरेका थिए।

Blog Post Ad Blog Post Ad