Ad Area

दाङमा साना उद्योग संचालनमा चुनौती, खुल्नेभन्दा बन्द हुने बढ्दै


घोराही, ९ साउन । दाङमा घरेलु तथा साना उद्योग दिगो रुपमा संचालन गर्न चुनौति देखिएको छ । सरकारी तथ्यांक अनुसार दर्ता भई संचालनमा रहेका घरेलु तथा साना उद्योगहरु वर्षेनी बन्द हुने क्रम बढ्दै गएको छ । आधिकारिक निकायमा दर्ता गरेर संचालनमा आएका उद्योगहरु वर्षेनी बन्द हुने क्रम बढ्दै गएको तथ्यांकले देखाएको हो ।

घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका साना उद्योग दर्ता भएर केही समय संचालन भएपनि पछि बन्द भएको पाईएको हो । घरेलु तथा साना उद्योग कार्यालयको पछिल्लो तथ्यांक हेर्दा सबै प्रकारका उद्योग बन्द हुने क्रम बढेको छ ।

जिल्लामा बितेको एक वर्षकोमा ८ सय ७६ वटा व्यवसाय बन्द भएका छन् । आर्थिक वर्ष २०८०–०८१ मा उद्योग तथा वाणिज्य गरेर ८ सय ७५ वटा व्यवसाय बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । यसरी बन्द हुने मध्ये उद्योग तर्फ ४ सय १ वटा र वाणिज्य तर्फ ४ सय ७६ वटा रहेका छन् ।

यो संख्या घरेलु तथा साना उद्योग कार्यालय दाङमा पुगेर बन्द गराउनेको संख्या हो । कार्यालयमा नपुगेर बन्द हुने पनि धेरै रहेको उद्योगी तथा व्यवसायी बताउँछन् । कतिपय व्यवसाय बन्द भए पनि बैंकको ऋणका लागि मात्र भए पनि बन्द नगराउने छन् भने कतिपयले बैंकबाट ऋण निकाल्नका लागि सहजता हुने भएकाले दर्ता गराउने गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, पर्यटन मूलक, सेवामूलक र सूचना तथा प्रविधि सम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् । नयाँ दर्ता गर्नेको संख्याको र बन्द गराउनेको संख्या करिव उस्तै रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सन्तोष कुमार सुवेदीले जानकारी दिनुभयो । नयाँ दर्ता गर्ने तर्फ नागरिकमा उत्साह नभएको एक वर्षको तथ्यांकले देखाएको छ ।

दर्ता गर्ने मध्ये उद्योगतर्फ कृषि तथा वन जन्य बढी रहेको उहाँको भनाई छ । उद्योगको लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचले कै कारण बन्द गर्न परेको बताउने गरेका छन् । उनीहरूले विभिन्न कारण पसल नचलेको बताउने गरेका छन् ।
साना उद्योग बन्द गर्न आउँदा लिखित रूपमा अधिकांशले पसलरव्यवसाय नचलेको र सोही कारणले बाहिर जान चाहेकोले व्यवसाय दर्ताको लगत कट्टा गर्न चाहेको कारण समावेश गर्ने गरेका छन् । बन्द गराउन आउनेलाई कार्यालयले के कारणले बन्द गराउन लागेको भनेर सोध्ने गरेको छ ।

Blog Post Ad

बैंकबाट ऋण खानका लागि तथा पूँजी वृद्धिका लागि पनि नयाँ दर्ता गरेको पाइएको छ । कतिपयले काजगमा उद्योग स्थापना हुने तथा वास्तविक रुपमा नहुने गरेको समेत पाइएको छ । बैंकबाट सहज रुपमा ऋण लिनका लागि दर्ता गर्ने र पछि बन्द गराउने समेत गरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

उद्योग व्यवसाय बन्द हुनेक्रम बढे पनि राज्यले उद्योग व्यवसाय बन्द हुन नदिनका लागि ठोस योजना ल्याउन सकेको छैन । निजी क्षेत्रका नेतृत्वले समेत यस तर्फ ध्यान दिन सकेका छैनन् ।

कार्यालयको तथ्यांक अनुसार एक वर्षको अवधिमा वाणिज्य तर्फ प्राइभेट फर्म ४ सय ७१ वटा बन्द भएका छन् भने साझेदारी फर्म ४ वटा बन्द भएका छन् ।

यही अवधिमा ५ सय ९६ वटा फर्म दर्ता भएका छन् । जसमा ५ सय ९२ वटा प्राइभेट फर्म र ४ वटा साझेदारी फर्म रहेका छन् । १ हजार ४ सय ५७ वटा फर्मको नवीकरण भएको छ । २ सय ९२ वटाले पूँजी वृद्धि गरेका छन् ।
यसैबीच, बितेको एक वर्षमा जिल्लामा ५ सय १३ वटा उद्योग थपिएका छन् । जसमा ५ सय ४८ नया उद्यमी थपिएका छन् भने १ हजार ५ सय ६२ जनाले रोजगार प्राप्त गरेको घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्यांकमा छ । यो बीचमा १ हजार १ सय ५६ वटा उद्योगले नवीकरण गरेका कार्यालयले जनाएको छ । उद्योग तर्फ एक वर्षको अवधिमा उत्पादन मुलक उद्योग ४८ वटा, कृषि तथा तथा वन जनय उद्योग २ सय २१ वटा, पर्यटन उद्योग समबन्धी ५७ वटा, सेवामुलक उद्योग ७५ वटा बन्द भएका छन् ।

यसै अवधिमा उत्पादन मुल उद्योग ९८ वटा थपिएका छन् । जसमा ४६ जना महिला र ७५ जना पुरुष गरेर १ सय २१ उद्यमी थपिएका छन् । भने १ सय ११ महिला र २ सय ७७ जना पुरुष गरेर ३ सय ८८ जनाले रोजगार प्राप्त गरेको छन् । कृषि तथा वन जन्य उद्योग २ सय ३१ वटा थपिएका छन् । जसमा महिला १ सय ६ जना र पुरुष १ सय २२ जना गरेर २ सय २८ जना नयाँ उद्यमी थपिएका छन् । भने २ सय ६६ महिला र ३ सय ८६ जना पुरुषले रोजगार प्राप्त गरेका छन् ।

पर्यटन उद्योग तर्फ ६१ वटा थपिएका छन् । जसमा ३४ महिला र ३२ पुरुष गरेर ६६ नयाँ उद्यमी थपिएका छन् । भने ६७ जना महिला र १ सय जना पुरुषले रोजगार प्राप्त गरेका छन् । सेवा मुलक उद्योगमा १ सय २३ वटा थपिएका छन् । जसमा ५८ जना महिला र ७५ जना पुरुष गरेर १ सय ३३ जना नयाँ उद्यमी थपिएका छन् । भने १ सय ३५ जना महिला र २ सय २० पुरुष गरेर ३ सय ५५ जनाले रोजगार प्राप्त गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय दाङले आर्थिक वर्ष २०८०–०८१ मा करिव डेढ करोड राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार एक वर्षको अवधिमा १ करोड ४२ लाख ३८ हजार १ सय ६० रुपैयाँ राजस्व संकलन भएको हो । वाणिज्य तर्फ ८३ लाख लाख १५ हजार ४ सय ७५ रुपैयाँ र उद्योग तर्फ ५९ लाख २२ हजार ६ सय ८५ रुपैयाँ राजस्व संकलन भएको हो ।

जिल्लामा संचालित उद्योगहरु बन्द हुनेमा उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र सेवामूलक उद्योगहरु रहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा वर्षेनि उद्योगको लगत कट्टा गराउनेको संख्या बढ्दै जानुमा राज्यको अस्पष्ट नीति, कमजोर अर्थतन्त्र र युवा पलायन आदि कारण मानिएको छ ।

वर्षेनि भइरहेको नयाँ दर्ता र लगत कट्टाको अवस्था हेर्दा उद्योग ओरालो यात्रामा रहेको देखिएको हो । घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, उर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् ।

कार्यालयका प्रमुख सुवेदीले लगत कट्टा बढेको तथा नयाँ दर्ता घटेको देखिएको बताउनुभयो । ‘दाङमा नयाँ उद्योग दर्ता गर्नेको संख्यामा केही गिरावट आएको यथार्थ हो, यो क्षेत्रमा उत्साह देखिएको छैन । अहिलेको आर्थिक मन्दी, वैदेशिक रोजगारीलगायत कारण पनि व्यवसायी यहाँ बसेर काम गर्न ईच्छुक देखिदैनन्’ उहाँले भन्नुभयो ।

उहाँले उद्योगको लगत कट्टा गर्न आउने प्राय व्यवसायीले व्यवसाय नचलेकै कारण बन्द गर्नुपरेको कारण बताउने गरेको जानकारी दिनुभयो । ‘मौखिक मात्र नभएर लगत कट्टा गर्नेलाई कारण लेख्न पठाएर अभिलेख राख्ने काम भईरहेको छ, के कति कारणले उद्योग व्यवसाय बन्द गर्न लागेको हो, कारण कैफियतमा राख्दा समस्याका बारेमा जानकारी पाउन सजिलो हुने गरेको छ, उहाँले भन्नुभयो ‘कारण लेख्ने अधिकांशले व्यापार, व्यवसाय नचलेको र आर्थिक समस्या थपिँदै जान थालेपछि विदेश जान चाहेकोले व्यवसाय दर्ताको लगत कट्टा गर्न चाहेको बताउने गरेका छन् ।’

कृषि व्यवसाय गर्ने, पशुपालन गर्नेलाई पनि उत्पादित बस्तुको बजार पाउन, पशुको स्याहार सुसारमा चुनौति थपिँदै गएको भन्दै समस्या लिएर आउने गरेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad