Ad Area

लुम्बिनीमा नवनियुक्त मन्त्रिहरुले लिए सपथ


देउखुरी,९ साउन । लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका र कांग्रेसका चाररचार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गरेका हुन् । मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । साना दलहरुलाई पनि समेट्ने प्रयास भइरहेकाले केही दिनपछि मात्र जिम्मेवारी तोकिने स्रोतले बतायो ।

नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

Blog Post Ad Blog Post Ad