Ad Area

दुर्घटना भएको जहाजमा १९ जना थिए


 

काठमाडौं,९ साउन । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।

सौर्यको ९ एन(एएमई) सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन।

जहाज बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो। जहाजबाट धुवाँ आएको देखिएपछि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो। जहाजमा क्याप्टेनसहित १९ जना रहेका थिए।

Blog Post Ad Blog Post Ad

Blog Post Ad