Ad Area

दाङका आठ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व


दाङ, १३ मंसिर । पराजय सहज हुँदैन, जो कुनैले पराजयलाई सहर्ष स्वीकार गर्न सक्दैन । तर दाङ कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी भूपबहादुर डाँगीले सम्मानजनक मत ल्याएरै पनि पछिल्लो पटकको निर्वाचनमा भाग लिएनन् । पार्टी सभापतिका लागि आफूभन्दा बढी मत ल्याउने प्रत्यासी शंकरप्रसाद डाँगीका नाममा सहमति जनाए ।

‘मैले दोस्रो चरणको निर्वाचनमा गरेको त्याग र शंकरप्रसाद डाँगीका नाममा गरेको सहमति पार्टीलाई एकढिक्का बनाउनका लागि हो, सबै शुभचिन्छक र शुभेच्छुकहरुले यसरी नै बुझिदिनुहुनेछ’, दोस्रो चरणको निर्वाचन हुनुअघि शंकर डाँगीसँगै पुगेका भूपबहादुर डाँगीले भने । भूपबहादुर डाँगीले नै प्रमुख निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतमाझ शंकर डाँगीलाई अंकमाल गरेर बधाइ दिँदै आफूले शंकरका नाममा सहमति जनाएको उद्घोष गरेका थिए । यसपछि दोस्रो चरणको निर्वाचनको सबै कार्यक्रम स्थगित भएको निर्वाचन समितिले जनाएको थियो ।

‘मैले दाङ कांग्रेसमा साना–साना गुटको जन्म भएको देख्न सक्दिनँ, आसन्न आम निर्वाचनमा कांग्रेसलाई एकढिक्का बनाएर दाङका सबै क्षेत्रमा कांग्रेसको विजयको झण्डा फहराउन मेरो त्याग हो’, भूपबहादुरले भने । उनले यस चरणसम्म आफूलाई साथ दिएर यहाँसम्म पु¥याउने सबै कांग्रेसका क्षेत्रीय प्रतिनिधि, सहकर्मी एवं अग्रज नेतृत्वहरुलाई पनि कांग्रेसलाई गुटरहित पार्टी बनाउन आह्वान गरे ।

अन्तिम चरणमा आएर आफूले कुनै पनि प्रलोभनमा परेर सहमति नजनाएको पनि डाँगीले स्पष्ट पारे । पार्टी विभिन्न गुट–उपगुटका कारण चिरा–चिरा भएका कारण अघिल्ला तीनै तहका निर्वाचनमा अत्यन्तै कमजोर भएको उल्लेख गर्दै उनले अब सबै तहका निर्वाचनमा एकढिक्का भएर कांग्रेस अघि बढ्ने पनि विश्वास व्यक्त गरे ।

निर्वाचन क्षेत्र नं. २ को सभापतिको जिम्मेवारीमा समेत रहेका डाँगी पछिल्लो समयमा लोकप्रिय नेताका रुपमा स्थापित समेत भइसकका छन् । नेपाली कांग्रेसले आयोजना गरेका जुनसुकै कार्यक्रममा पनि उनको सक्रिय सहभागिता रहँदै आएको थियो । अघिल्लो स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिकाको नगर प्रमुखको प्रत्यासी बनेका डाँगीले पार्टीमा देखिएको गुटबन्दी र अन्तर्कलहकै कारण झिनो मतले पराजय ब्यहोरेका थिए । सम्भवतः आसन्न आम निर्वाचनमा पनि उनले घोराही उपमहानगरपालिकामा नगर प्रमुखको जिम्मेवारीमा आफूलाई दह्रो रुपमा प्रस्तुत गर्नेछन् ।

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad