चौथो बर्षका बिद्यार्थीहरुलाई विदाई

दाङ, १२ मंसिर । दाङ भ्याली कलेज घोराहीमा बिबिएस चौथो बर्षमा अध्यनरत विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । तेश्रो बर्षमा अध्यनरत बिद्यार्थीहरुले बिदाई गरेका हुन ।
तेश्रो बर्षका बिद्यार्थी सुनिल परियारको अध्यक्षता तथा एजुकेशनल ग्रुपका अध्यक्ष धरणिधर शर्मा सुवेदीको प्रमुख आतिथ्यता र लोक सेवा आयोग लुम्बिनी प्रदेशका सदस्य डा. डिलाराम भट्टराईको बिशिस्ट आतिथ्यतामा बिदाइ कार्यक्रम गरिएको हो । कार्यक्रमका अन्य अतिथिहरुमा क्याम्पसका शिक्षक तिलक डिसि , ईश्वरी घिमिरे , गणेश पौड्याल , खगेश्वर कालाथोकी , सुघोष क्षेत्री ,केशब पोख्रेल ,सुमन पौडेल, दर्शन गौतम रहनुभयको थियो ।
चौथो बर्षमा अध्यनरत चन्द्रा खड्का र प्रतीक्षा पाण्डे ले क्याम्पस संग को समन्ध औपचारिक रुपमा समापन भएपनि अनौपचारिक रुपमा सहकार्य हुने बताउनुभयो । शिक्षक तिलक डि.सीले आगामी शैक्षिक यात्रा सफलताको शुभकामना दिनुभयो । कार्यक्रमको संचालन रमेश पाण्डे र सञ्जिता सुनार ले गर्नुभएको थियो । विदाइ कार्यक्रममा साँस्कृतिक प्रस्तुति राखिएको सुनिल परियारले जानकारी दिनुभएको छ ।