Ad Area

कविता : शाकाहारी


श्रीराम दहित

मानव हौं पशु होइनौं

विवेक गुमाउँदै प्रतिक्रिया दिन नसक्ने जन्तुको शरीरसंगै आँसु खाने!

श्रावण लाग्यो,पतिदेवको आयु वृद्धि गर्न काबु बाहिर चित्त राख्दै शक्ति केन्द्र नारी जाने !

जुन प्राणीको तिखा दाँत, छोटा आँट हुने मांसाहार समुहमा पर्ने !

जुन प्राणीको चेप्टा दाँत लामो आँट भइ प्राकृतिक आहार समुहमा पर्ने !

Blog Post Ad

तन मन विचारमा विकृति नकारात्मक भाव क्रोधाग्नीले सकारात्मकता जलाउने !

सकारात्मक विचार स्वस्थ्य समृद्धि मानव समवेदना शाकाहारी हरुमा ल्याउने !

मृत प्राणीको भौतिक शरीर ” शव ” भनिन्छ है,

मा्शभक्षी हरुलाई भनिन्छ शवहारी !

चालीस प्रतिशत दिर्घरोगबाट बच्न प्राकृतिक आहार सेवन गर्नेलाई भनिन्छ शाकाहारी !

चराचर जगतमा शक्तिशाली जन्तु हात्ती घोडाले मिठो मुखले सेवन गर्ने घाँसपात!

रचना सिर्जना विवेक चिन्तनले युक्त व्यक्ति मानव समवेदना गुमाउँदै अभक्ष जात!

मानव जीवन सार्थक बनाउन सर्बश्रेष्ठ विवेकशील बर्करार राख्न खानका लागि होइन बाँच्नका लागि शाकाहारी !

देव प्रतिनिधि मानव काया विवेकशील भइ प्राणी मात्र लाई बाँच्न दिऔं स्वयं बाँचौं भोजन गरौं शाकाहारी !

Blog Post Ad Blog Post Ad