Ad Area

दाङमा ६५ हजार फलफुल र जडिबुटीका बिरुवा रोपियो


घोराही, १२ साउन । दाङमा यस बर्ष ६५ हजार फलफुल र जडिबुटीका बिरुवा रोपिएको छ । कृषि वन प्रवद्र्धन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा ६५ हजार फलफुल तथा जडिबुटीका बिरुवा रोपिएको हो ।

कृषि वन प्रवद्र्धन कार्यक्रमअन्तर्गत करिव २५ हजार लिच्ची, २५ हजार आँप, दुई हजार पाँच सय श्रीखण्ड र १२ हजार पाँच सय टिमुर, तेजपात र मालागेडीलगायतका विरुवा रोपिएको डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभएको छ । कृषि वन कार्यक्रमअन्तर्गत नागरिकको जीवनस्तरमा अर्थिक वृद्धि गर्ने उद्देश्यले फलफुल र जडिबुटीका बिरुवा रोपिएको सूचना अधिकारी सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कृषि वन प्रवद्र्धनका माध्यमबाट किसानको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले फलफुलका विरुवा रोपिएको छ ।’ किसानले खेतीपनि गर्न सक्ने र डिलहरुमा बिरुवा रोपेर आम्दानी पनि लिन सक्ने गरि बिरुवाहरु रोपिएको सूचना अधिकारी सापकोटाले जानकारी दिनुभएको छ । सूचना अधिकारी सापकोटाका अनुसार डिभिजन वन कार्यालयले किसानलाई निशुल्क रुपमा विरुवासँगै विरुवा हुर्काउनका लागि प्रतिविरुवा १६ रुपैयाँका दरले दश लाख रुपियाँ प्रदान गरेको छ ।

डिभिजन वन कार्यालयले सामान्यतय जिल्लामा काठ र जडिबुटीका बिरुवा रोपिरहेको समयमा यो बर्ष कृषि वन कार्यक्रमअन्तर्गत फलफुका बिरुवा रोपिएको बताउनुभयो । उहाँका अनुसार घोराही र तुलसीपुर उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगरपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाका नौ वटा समूह र चार जना व्यक्तिले व्यक्तिगत रुपमा विरुवा रोप्नुभएको छ ।

Blog Post Ad Blog Post Ad