Ad Area

देउखुरीमा श्रीमानको रड प्रहारबाट श्रीमतीको हत्या


देउखुरी १४ साउन । दाङमा श्रीमानले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

राजपुर गाउँपालिका १ रसरी बस्ने बर्ष ३८ को गणेश घर्तीले आफ्नै श्रीमती बर्ष ३७ कि बसन्ती घर्ती माथि रड प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

शनिबार राति ९ बजे खाना खाएर सुतिरहेका बेला श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ ।सधै मादकपदार्थ सेवन गरि झगडा गरिरहने भएकोले सो हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सोमबार बिहान ९:३० बजे सम्म उनीहरुको घरको ढोका नखुलेको पछि स्थानियले बेला प्रहरी चौकीमा खवर गरे पश्चात सो चौकीबाट प्रहरी वरिष्ठ नायव निरिक्षक उज्ज्वल शाहको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरिक्षक कालिका कार्कीको कमाण्डमा ५ जनाको टोलीले उक्त घरको ढोका खोली हेर्दा श्रीमानले श्रीमतीको टाउकोमा फलामको रडले हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

फलामको रड र निज गणेश घर्तीलाई सोही कोठाबाट नियन्त्रणमा लिई अहिले घटनास्थलमा मृतकको शवको जाँचको कार्य भइरहेको र थप अनुसन्धान कार्य समेत भईरहेको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad