Ad Area

आईएएलभीसीको सामाजिक परिक्षण


घोराही, १३ साउन । ग्रामीण महिला उत्थान केन्द्रको पहलमा परियोजनामार्फत गरिएको कामको सामाजिक परिक्षण गर्दै समिक्षासहित सुझाव संकलन गरिएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा दाङ र सल्यानमा संचालन भईरहेको तरकारी मूल्य श्रृङ्खलामा नवीनताका माध्यमबाट ग्रामीण महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमता विकास परियोजना आईएएलभीसीको आईतबार घोराहीमा सामाजिक परीक्षणसहित समीक्षा गरिएको हो ।

संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा हेफर इन्टरनेशनल नेपालका सहनिर्देशक डाक्टर राजकुमार अधिकारीको प्रमुख आतिथ्य एवम् हेफर प्रोजेक्ट नेपालका क्षेत्रीय प्रबन्धक प्रकाश केसीको विशिष्ट आतिथ्यमा सामाजिक परिक्षणसहित समीक्षा गरिएको हो ।
सन् २०२३ अक्टोबरदेखि सन् २०२४ जुनसम्म परियोजनामार्फत भएको कामको अवस्था विश्लेषणसहित सामाजिक परिक्षण गरिएको संस्थाले जनाएको छ ।
तीन चरणमा संचालन भईरहेको परियोजना अन्तरगत सहकारीमा आवद्ध कृषकहरुको आय वृद्धि गर्दै उद्यमी बनाउन थालिएको प्रयासबाट देखा परेका सकारात्मक प्रभाव र चुनौति बारे समिक्षा गरि अर्को चरणमा हुने परियोेजनालाई थप प्रभावकारी बनाउने निष्कर्ष समेत निकालिएको छ ।

तरकारी मूल्य श्रृङ्खलामा नवीनताका माध्यमबाट ग्रामीण महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमता विकास परियोजना आईएएलभीसीमा आवद्ध भई लक्षित कृषकले अहिले कृषिजन्य उत्पादनका लागि असल अभ्यास थालनी गरिसकेका सामाजिक परिक्षण गर्नुभएका पत्रकार दुर्गालाल केसीले बताउनुभयो ।
स्थलगत रुपमा अध्ययन अनुगमन गरि तयार पारिएको सामाजिक परिक्षणमा कृषक, सहकारी संस्था तथा सरोकार निकायको धारणा समावेश गर्दै सुझाव समेत लिएर काम गरेको उहाँले बताउनुभयो ।
परियोजना जिल्लाको घोराही, लमही, गढवा, राजपुर, दंगीशरण र सल्यानको त्रिवेणी गाउँपालिकामा सामुदायिक उद्यमी महिला सहकारी संस्थामार्फत संचालन रहेको छ ।
जसबाट सयौँ लक्षित कृषक लाभान्वित भएका छन् ।
दोश्रो चरणमा सन् २०२४ जुलाईदेखि २०२५ जुनसम्म र तेश्रो चरणमा सन् २०२५ जुलाईदेखि २०२६ जुनसम्म परियोजना संचालन हुनेछ । यसबाट आम कृषकले कृषि उत्पादनमा आफुलाई आवद्ध गराउँदै तरकारी मूल्य श्रृङ्खलामा नवीनताका माध्यमबाट ग्रामीण महिलालाई उद्यमी बनाउने लक्ष्य राखिएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका पदाधिकारीहरु, परियोजनासँग आवद्ध सम्पूर्ण कर्मचारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad