Ad Area

दाङमा नागरिकता परित्याग गर्नेको संख्या बढ्दै


घोराही, १७ साउन । दाङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको छ । विदेशमा स्थायी रुपमा बसोवास गर्नेहरुले नेपालीको संख्या बढेपछि जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढेको हो ।

दाङमा हालसम्म ४१ जनाले नेपाली नागरिकता परित्याग गरेका छ । २०७५ बैशाख महिनादेखि हालसम्म ३० पुरुष र ११ महिला गरेर ४१ जनाले नेपाली नागरिकता परित्याय गरेका हुन । जसमा अघिल्लो आर्थिक बर्ष २०८०⁄०८१ मा ३० जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।

आर्थिक बर्ष २०७९⁄०८० मा ६ जनाले मात्र नेपाली नागरिकता परित्याग गरेका थिए । अघिल्ला बर्षहरुको तुलनामा पछिल्लो समय जिल्लामा नागरिकता परित्याग गर्नेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत बिजय गौतम बताउनुहुन्छ । २०७५ सालदेखि नागरिकता परित्याग गर्न सुरु भएपनि आर्थिक बर्ष २०७९⁄०८० सम्म जिल्लामा पाँच जनाले मात्र नेपाली नागरिकता परित्याग गरेका थिए । तर पछिल्लो समय यो संख्या बढ्दै गएको छ ।

स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढेको प्रशासकिय अधिकृत बिजय गौतम बताउनुहुन्छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको संख्या पछिल्लो समय बढ्दै गएको हो ।

विदेश स्थायी रुपमा बस्ने नेपालीले गैरआवासीय नेपाली नागरिकता लिन पाउने व्यवस्था भएपछि नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढेको छ । रोजगारी, पठनपाठनसँगै वैवाहिक सम्बन्धलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो समय विषेशगरी अमेरिका, अस्ट्रेलिया, युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग्ने गरेको पाइएको प्रशासकिय अधिकृत गौतम बताउनुहुन्छ ।

नेपाली नागरिकता त्याग्ने र गैरआवासीय नागरिकता लिनेको संख्या बढेको भन्दै प्रशासकिय अधिकृत गौतमले भन्नुभयो,‘विदेशको नागरिकता लिनका लागि नेपाली नागरिकता त्याग गर्नुपर्ने भएकाले पनि पछिल्लो समय नेपाली नागरिकता त्याग गर्नेहरूको संख्या बढेको देखिएको छ ।’ लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ ।

Blog Post Ad

प्रशासकिय अधिकृत गौतमका अनुसार जिल्लामा नेपाली नागरिकता त्यागेका करिव ४१ जनामध्ये ४० जनाले गैरआवासीय नागरिकता लिएका छन् । गैरआवासीय नागरिकता लिनमा महिलाभन्दा पुरुषहरु धेरै रहेका छन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा दुई बर्षको अवधिमा ११ जनाको नागरिकता रद्ध भएको छ । झुठा विवरण पेस गरेर नागरिकता लिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले आर्थिक बर्ष २०७९⁄०८० मा नौ जना र २०८०⁄०८१ म दुई जनाको नागरिकता रद्ध गरिएको छ ।

 

Blog Post Ad Blog Post Ad