Ad Area

घोराही–लमही सडकको चौपट्टामा ट्रक दुर्घटना, चालक घाइते


घोराही,१७ साउन । दाङको घोराही–लमही सडकखण्डको चौपट्टामा ट्रक दुर्घटना हुँदा चालक घाइते हुनु भएको छ ।

घोराही–लमही सडकखण्डअन्तर्गत लमहीबाट घोराहीतर्फ आउँदै गरेको ना ६ ख १६५३ नम्बरको ट्र«क घोराही उपमहानगरपालिका–३ चौपट्टामा दुर्घटनामा पर्दा ट्रक चालक शिवराज नगरपालिका–५ कपिलवस्तु निवासी हरिबहादुर खत्री घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक शाहीका अनुसार फलामको छड लिएर आउँदै गरेको ट्रक ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । दुर्घटनापछि ट्रकले च्यापिएर घाइते हुनुभएका चालकको अहिले घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभएको छ । दुर्घटनापछि च्यापिएका चालकको उद्धार गरिएको थियो ।

Blog Post Ad Blog Post Ad