Ad Area

नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल


दाङ,१३ मंसिर । नेकपा एमालेको महासचिव शंकर पोख्रेल निर्वाचित भएका छन् । दशौं महाधिवेशनमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गर्दै महासचिवमा शंकर पोख्रेललाई अघि सारेका हुन । नाम सार्वजनिक गर्दै ओलीले यद्यपि सर्वसम्मत हुन सकेन भने निर्वाचनबाट छिनोफानो हुने बताएका थिए ।

अध्यक्ष र उपाध्यक्ष पदमा भीम रावल र घनश्याम भुसालले उम्मेदवारी दिने बताएपनि अन्य पदहरु सर्वसहमति बनेको छ । पोख्रेत अघिल्लो महाधिवेशनमा उपमहासचिवमा घनश्याम भुसालसँग पराजित भएका थिए । आइतवार राति अबेर शुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए ।

लगत्तै अध्यक्ष मण्डलमा छलफल गरेका उनले भीम रावललाई मनाउने प्रयास गरेका थिए । आफूले एकताका निम्ति धेरै प्रयास गरेको भन्दै उनले रावललाई भने, ‘सिंगै हलले भनेको भन्दा बाहिर नजान कमरेड भीम रावललाई आग्रह गर्दछु ।’

तर रावल उनको प्रस्तावमा सहमत भएनन् र अध्यक्षमा उम्मेदवार हुने बताए । हलमा होहल्ला भएपछि ओलीले शान्त रहन आग्रह गरे र रावललाई उठ्न दिनुपर्ने धारणा राखे ।

लगतै अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरे । आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम लिए ।

उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ छन् । सुरुमा उनले वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका नेम्बाङको नाम छुटाएका थिए । अध्यक्ष मण्डलका अरु सदस्यले सम्झाएपछि झण्डै छुटेछ भन्दै नेम्बाङलाई पनि उपाध्यक्षमा राखे ।

Blog Post Ad

यस्तै महासचिवमा शंकर पोखरेललाई अघि सारेका उनले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।

सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम लिए । आफूले अघि सारेका नाममा सहमति जनाउन र त्यसलाई उम्मेदवारी दर्ता गर्न आग्रह गरेका छन् । लगत्तै उनले बन्दसत्रको यो सेसन अन्त्य भएको घोषणा गरेका छन् ।

Blog Post Ad Blog Post Ad