Ad Area

एमाले पदाधिकारीका पाँच पदमा निर्विरोध


चितवन,१३ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन ।

एमालेको दसौं महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको हो । कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन ।

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीको पनि उम्मेदवारी परेको छ ।

Blog Post Ad Blog Post Ad