Ad Area

नेविसंघ दाङद्वारा एसइई ग्रेटवृद्धि परीक्षामा सहभागी हुने बिद्यार्थीलाई विदाई


दाङ,१८ साउन। नेपाल विद्यार्थी संघ दाङले आयोजना गरेको एसइई ग्रेडवृद्धि परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाइ आयोजना गरिएको निशुल्क ट्युसन कक्षा समापन गरिएको छ ।

संघले ग्रेडवृद्धि परीक्षाम सहभागी हुने इच्छुक विद्यार्थीहरुलाई अध्यापन गराएको हो । असारको २२ गतेवाट विद्यार्थीहरुलाइ निशुल्क रुपमा ३ वटा विषय अध्यापन गराइएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरीले जानकारी दिएका छन्। संघले अङग्रेजी, गणित र विज्ञान विषय निशल्क रुपमा अध्ययापन गराएको हो ।

समापन कार्यक्रम संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेसका महासमिति सदस्य किरणकिशोर घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा वोल्ने बक्ताहरुले नेपाल विद्यार्थी संघले उदाहरणीय काम गरेको बताएका थिए । निशुल्क रुपमा कक्षा सञ्चालन गरेर गरिव तथा विपन्न वर्गका विद्यार्थीहरुलाइ धेरै ठुलो गुन लगाएको उनीहरुको भनाइ थियो ।

विद्यार्थीहरुलाई निरास नभइ आत्मविश्वासका साथ अगाडि बढन आग्रह गरेका थिए । कार्यक्रममा नेपाली काग्रेस दाङका उपसभापती गिरीराज सुवेदी, नेपाली काग्रेस क्षेत्र नं २ (१) का सभापती प्रकाश श्रेष्ठ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरी, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापती मनोज डिसी, सहभागी विद्यार्थी रोल्पाका चित्रकला पुनलगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रमको सहजीकरण नेविसंका जिल्ला सदस्य गुरुप्रसाद गौतमले गरेका थिए । विद्यार्थीहरुलाई टिका र खादा लगाए बिदाइ गरिएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad