Ad Area

प्रथम नेपालगंज कप : महिलातर्फ घोराही र पुरुषतर्फ तुलसीपुरको टिम प्रथम


घोराही, १९ साउन । प्रथम नेपालगंज कप ब्याटमिन्टन प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल विद्युत प्राधिकरण घोराही र पुरुषतर्फ तुलसीपुरको टिमले जितेको छ ।

नेपाल विद्युत प्राधिकरणको ३९ औं बार्षिकोत्सवका अवसरमा बाँकेको नेपालगंजमा भएको प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा नेपाल विद्युत प्राधिकरण नेपालगंजको टिमलाई हराउँदै घोराहीबाट सहभागी पिमा नेपाली र जुनु घर्तीको टिमले उपाधि जितेको हो । प्रतियोगितामा घोराहीको महिला टिमले सिंगल र डबल दुवैतर्फ प्रथम हुन सफल भएको थियो ।

त्यसैगरी प्रतियोगितामा पुरूषतर्फ नेपाल विद्युत प्राधिकरण तुलसीपुरको टिम सिंगल र डबल दुवैतर्फ प्रथम भएको थियो । तुलसीपुरको टिमले पनि नेपाल विद्युत प्राधिकरण नेपालगंजको टिमलाई हराउँदै बिजी भएको थियो । बिजेता खेलाडीहरु लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल विद्युत प्राधिकरण केन्द्रले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुने छन् ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगंजको आयोजना भएको प्रतियोगितामा प्युठान, रोल्पा, सल्यान, रुकुम, घोराही, तुलसीपुर, लमही, कोहलपुर, नेपालगन्ज र बर्दियाको टिमको सहभागीता रहेको थियो । प्रतियोगिता साउनको १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा महिला र पुरुषका छुट्टाछुट्टै खेलहरु भएका थिए ।

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad