Ad Area

हरिद्वारमा लघु साधना यज्ञ याज शिविर,दाङका दुई सय बढीको सहभागीता


श्रीराम दहित
हरिद्वार भारत, १८ साउन । चार दिवसीय लघु साधना यज्ञ याज शैक्षिक प्रशिक्षण प्रारम्भ भएको छ। अखिल विश्व गायत्री परिवार गायत्री तिर्थ हरिद्वार उत्तराखण्ड भारतमा लघु साधना यज्ञ याज तथा शैक्षिक प्रशिक्षण साउन १७ गतेदेखि प्रारम्भ गरिएको हो।

दाङ्ग जिल्ला नेपालबाट आचार्यकुलम् दाङ्ग तथा गायत्री परिवार दाङ्गका दुई सय १५ जना साधकहरुको सहभागीता रहेको उक्त प्रशिक्षणमा प्राध्यापक, डाक्टर निवृत्त शिक्षक, राजनीतिज्ञ तथा सामाजिक अभियन्ताहरुको रहनु भएको छ। प्रथम दिवसको तालिका अनुसार सार्थक मानव जीवनका विषयमा गायत्री तिर्थ शान्तिकुञ्जका वरिष्ठ प्रशिक्षक श्री नमोनारायण पाण्डेले स्वयंको पहिचान गर्नु सार्थक मानव जीवनको रहेको बताउनुभयो ।

त्याग र समर्पणद्वारा स्वयंसंग प्रेम गर्नु राष्ट्रका सच्चा नागरिक कहलिने बताउँदै उत्कृष्ट चिन्तन असल चरीत्र र व्यावहारले अपेक्षित परिणाम प्राप्त हुने जसका आधार गायत्री साधना असल साहित्य नियमित अध्यनले सार्थक मानव जीवन हुन सक्ने बताउनु भयो।

गायत्री तिर्थ शान्तिकुञ्जका संस्थापक पण्डित श्रीराम शर्मा आचार्यले यस आध्यात्मिक संस्थालाई ूमानवमा देवत्व तथा धर्तीमा स्वर्गको अवतरणू महान लक्ष्य लिइ सयौं वर्षदेखि सेवा भावद्वारा निरन्तर अघि बढी रहेको र आचार्यकुलम् दाङ्ग तथा गायत्री परिवार दाङ्गका साधक लगानीकर्ताहरुका लागि कार्यक्रम तय गरिएको संस्थाका नेपाल जोन प्रमुख ओइन्द्र सिंहले बताउँदै यहाँबाट प्राप्त ज्ञान विद्यालाई आआफ्नो कार्यक्षेत्रमा व्यावहारिक कार्यान्वयन गर्नु भएमा यात्राले सार्थकता पाउनेछ भन्दै सहभागी हरुलाई शुभकामना मन्तव्य दिनुभयो ।

उक्त कार्यक्रममा संस्थाका प्राध्यापक श्री बनवारी सैनी, गायत्री परिवार लुम्बिनी प्रदेश अध्यक्ष श्री सत्यनारायण पाठक, गायत्री परिवार दाङ्गका कोषाध्यक्ष श्रीराम दहित, दाङ्गका सदस्य श्री यमा बस्नेत, गायत्री परिवार तुलसीपुर नगरपालिका अध्यक्ष श्री दुर्गाप्रसाद भण्डारी, आचार्यकुलम् दाङ्गका अध्यक्ष श्री दिपक बस्याल, दाङ्गका जिल्ला समन्वय समिति निवर्तमान प्रमुख जितेन्द्रमान नेपाली, दन्त चिकित्सक डा भुवनेश्वर भुसाल, ईलाका प्रशासन तुलसीपुरका निवर्तमान प्रमुख बिक्रम सोमइ, लमही नगरपालिका वडा नं ९ का सदस्य ईश्वरा पछाई, सेयर सदस्य श्री दानबहादुर बुढाथोकी, अटो मेकानिक्स व्यावसाय केन्द्रिय उपाध्यक्ष यम भुसाललगायतका सहभागी रहेको पतंजलि योग दाङ्ग कि मिडिया प्रभारी बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमको सहजकर्ता नेपाल जोनका महेश जीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad