Ad Area

भारतमाथि नेपालको ऐतिहासिक जित


काठमाडौं,१९ साउन । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हरायो ।

घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै शानदार सुरुवात गर्‍यो । तर भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।

अग्रतालाई निरन्तर्ता दिदै २२–१८ मा पुर्याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो ।

दोस्रो सेटमा सुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो । तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित हात पार्यो । खेलाडी परिवर्तन मा गल्ति गरेपछि नेपालले रातो कार्ड पाउदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।

तेस्रो सेटमा नेपालले १६–९ को अग्रता लिदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो ।

चौथो सेटमा भारत सुरुवातमा ८–३ ले अघि थियो । भारत निरन्तर चौथो सेटमा अघि थियो । भारत मध्य समयमा १५–१० ले अघि थियो । नेपालले १५–१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा २ अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतल चोथो सेट २५–१८ ले जितेको थियो ।

Blog Post Ad

निर्णायक पाँचौं सेट सुरुवातमा प्रतिस्पर्धात्मक बनेको थियो । उषा भण्डारी र सरस्वती चौधरीको स्पाईकमा अंक जोड्दै नेपाल ५–२ को अग्रता लिदै ऐतिहासिक जितको संकेत दिएको थियो । नेपालले ८–५ मा पाँचौं सेटको कोर्ट परिवर्तन गरेको थियो ।

नेपाल १२-१० को अवस्थामा रहँदा भारतले टाइम आउट लिएको थियो । टाइम आउट लगत्तै अंक जोडेको थियो । १२-१३ को अवस्थामा सरस्वतीले लेफ्ट साइडबाट अंक जाडेपछि नेपाल जित भन्दा एक अंक टाढा थियो । तर भारतले पुन अंक जोड्दा खेल १३-१४ को अवस्थामा पुगेको थियो । नेपालले भारतको मोमेन्ट्स ब्रेक गर्न टाइमआउट लियो । प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंकाको सहभागीता छ ।

 

Blog Post Ad Blog Post Ad