Ad Area

घोराहीमा आँखा उपचार केन्द्र सञ्चालन


तुलसीपुर, २१ साउन । दाङको घोराहीमा आँखा उपचार सेवा सुरु भएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, राप्ती आँखा अस्पतालद्धारा सञ्चालित घोराही आँखा उपचार केन्द्रले पुनः आँखा उपचार सेवा सुरु गरेको हो ।

नयाँ व्यवस्थापनका साथ घोराही उपमहानगरपालिका –१८ नवलपुर स्थीत आँखा उपचार केन्द्रबाट पुनः उपचार सेवा दिन सुरु गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिएका छन् । ३५ बर्ष पहिले सन १९८९ देखि सञ्चालन भएको आँखा उपचार केन्द्र यस अघि दाङको घोराहीमा घोराही आँखा उपचार केन्द्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र स्व.गणेश शर्माबाट निर्मित दुई तल्ले पक्की घरमा आँखा उपचार सेवा संचालनमा रहेको थियो ।

विभिद कारणले केहि समय घोराहीमा आँखा उपचार केन्द्रले आँखा उपचार सेवा बन्द भएको थियो । तर पछिल्लो समयमा त्यहाँका स्थानीयहरुको व्यापक रुपमा आँखा उपचार सेवा सञ्चालनका लागि निरन्तर माग आएपछि आइतवार देखि पुनः घोराहीको ट्राफिक चोक देखि करिव ४ सय मिटर अगाडी कटुवाखोला पारी प्युठान जाने रोडको दक्षिण तर्फ नवलपुरमा उपचार केन्द्रबाट आँखा उपचार सेवा सुचारु गरिएकोहो ।

अव पहिले जस्तै नियमित आँखा चेकजाँच, उपचार सेवा सुचारु भएको राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतमले जानकारी दिए । आँखा उपचार केन्द्र बाट यस अघि ३ लाख ७५ हजार आँखा उपचार सेवा र ८ सय ८७ जनाको मोतियाविन्दुको शल्यक्रिया समेत भई सकेको निमित्त गौतमले जानकारी दिए ।

अव पुन : दैनिक विहान ९ वजे देखि ४ बजे सम्म आँखा चेकजाँचका साथै आँखा सम्वन्धी सम्पूर्ण उपचार र परामर्श सेवा दिईने उपचार केन्द्रले जानकारी दिएको छ । अत्यावश्यक सेवा भने २४ सै घण्टा रहने छ । यो संगै अव घोराही क्षेत्रका स्थानीयहरुलाई आँखा उपचार सेवामा सहजता भएको स्थानीयहरुले बताए छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad