Ad Area

प्रकाश बिसीको तीज गीत ‘भर हुँदैन भदौरे पानी’को सार्बजनिक


दाङ,२१ साउन । परदेशी लोक तथा दोहोरी गायक प्रकाश बिसीको स्वरमा रहेको `भर हुदैन भदौरे पानीको´ बोलको टिपिकल तीज गीत सार्बजनिक भएको छ ।

भूगोलीक हिसाबले निकै दुर्गम मान्निने दाङ शान्तिनगर गाउँपालिका-३ बस्तिखोलामा जन्मिएका गायक प्रकाश बिसी विगत लामो वर्षदेखि भारतको गोवामा बस्दै आएका छन् । आफूलाई सानो बच्चापनदेखि नै गीत संगीतमा निकै रुचि भएको बताउने बिसीले परदेशबाट धेरै गीत संगीत बजारमा ल्याइसकेका छन् ।
यो वर्ष भने पछिल्लो समयकी निकै सर्वप्रिय चर्चित गायिका सुनिता बुढा क्षेत्री र आफ्नो आवाजमा `भर हुदैन भदौरे पानीको´ टिपिकल तीज गित सार्बजनिक गरेका हुन् ।

मिलन फिल्म प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक भएको `भर हुदैन भदौरे पानीको´ बोलको उक्त गीतमा जयकिशन बस्नेत, कमला घिमिरे, प्रकाश गिरी, निशा राईलगायतको अभिनय रहेको छ भने शब्द बिरेन दंगाली र लयकैलाश केसीले भरेका छन ।

प्रदेशबाटै धेरै चर्चित गीतहरू पैतलु सारेर, पिरती लाईहालम, ठिटो हूँ म दाङ शान्तिनगरको, दाङ घोराही बजार सल्लेरीको वनलगायत थुप्रै गीत बजारमा ल्याईसकेका गायक प्रकाश बिसीले यो बर्ष पनि अत्यन्तै राम्रो टिपिकल तीज गीत बजारमा ल्याएका छन् ।

Blog Post Ad Blog Post Ad