आईटिएफ तेक्वान्दोका खेलाडी बस्नेतको संघर्ष र सफलता
सामान्य परिवारमा जन्मिएका आईटिएफ तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक लीलाधर बस्नेतले खेलाडी भन्ने सोचेकै थिएनन् । त्यो समय गाउँमा न खेल्ने वातावरण थियो, न ठाउँ नै । सहरदेखि केही टाढा गाउँमा हुर्किएका बस्नेतले बाल्यकालमा तेक्वान्दो खेल देख्ने अवसर नै पाएनन् ।
२०५८ सालतिर बस्नेतको परिवार गाउँबाट घोराही आइपुग्यो । बस्नेत पनि बुबाआमासँगै आए । घोराही आएपछि बस्नेतको पढाइ घोराहीमा रहेको रझेना माध्यामिक विद्यालयमा सुरु भयो । स्कुल आउँदा जादा होस् वा बजार हिड्ने क्रममा एक दिन बस्नेतले घोराही उपमहानगरपालिका–१४ स्थित बालमिन्दर आधारभूत विद्यालयमा सेतो कपडा लगाएर दौडिरहेका मानिसलाई देखे । त्यो दृष्यले उनलाई आकर्षित ग¥यो ।
साथीसँग कुरा गरे, व्यक्तिगत स्वास्थ्यसँगै आत्मरक्षा र व्यवसायिक रुपमा समेत खेल्न सकिने बुझेपछि बस्नेत खेल्न थाले । त्यही क्रममा २०६२ सालतिर बस्नेत नेपाली सेनामा भर्ना भए । करिब दुई वर्ष नेपाली सेनामा सेवा गरिसकेपछि खेल्ने वातावरण सिर्जना भयो । सामान्य परिवारमा जन्मनु भएका बस्नेतलाई खेल्न गर्ने बाल्यकालमा त्यति सहज थिएन तर घोराहीमा बस्न थालेपछि केही सिक्ने अवसर प्राप्त गरेका थिए ।
घरको कामसँगै पढ्नु पर्ने बाध्यताका कारण उहाँले खाली समयमा मिलाउँदै सिक्ने गरेका थिए तर नेपाली सेनामा नियमित प्रशिक्षणमा जोडिएपछि सहज बन्दै गयो । बस्नेतलाई पहिलो पटक भक्तपुर सुर्यविनायकमा कार्यरत रहँदा प्रथम प्रधान सेनापति कप प्रतियोगितामा सहभागी भएर आफ्नो खेल कौशल्ता प्रदर्शन गर्ने अवसर मिल्यो । उनले त्यसै क्रममा २०६५ सालमा आफ्नो बल्याक बेल्ट लिने सपना पनि पूरा गरे ।
त्यहीँ खेल क्षमताले लामो समयपछि २०६५ सालमा काठमाडौंमा हुन थालेको पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर जु¥यो तर राजनीतिक कारणले गर्दा उक्त प्रतियोगिताबाट नेपाली सेनाले सबै खेलाडीलाई फिर्ता बोलाई प्रतियोगिता बहिष्कार गर्दा प्रतिष्पर्धा गर्न पाएनन् तर सेनाभित्रै रहेर आफ्नो खेल क्षमता विकास गर्र्दै गइरहेका थिए । त्यही क्रममा २०६६ सालमा पाल्पामा भएको प्रथम मनमोहन स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पहिलो पटक सहभागी भएर प्रतिष्पर्धा गर्ने अवसर प्राप्त गरे । उक्त प्रतियोगितामा रजत पदक जित्न सफल भए । त्यस लगत्तै २०६७ सालमा विराटनगरमा सञ्चालन भएको छैठाँै जनरल चोइ स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गेल्डमेडल जित्न सफल भए ।
दोस्रो प्रयासमै गोल्डमेडल जित्दाको क्षण आफ्नो जीवनको पहिलो खुसी भएको बताउँछन् । नेपाली सेनामा भर्ना भएर खेल क्षेत्रलाई रोजेका बस्नेतले भने,‘खेल्ने खेलाडीलाई पदक जित्ने चाहना हुन्छ, त्यो पनि स्वर्ण पदक । जुन मैले दोस्रो प्रयासमा प्राप्त गरेको थिए, त्यो क्षण मेरो खुसीको क्षण हो ।’ बस्नेतलाई त्यो खेलले अघि बढ्न थप हौसल्ला प्रदान ग¥यो र त्यसपछि पछाडि फर्किनु परेन ।
नेपाली सेनामा कार्यरत रहँदा करिब १६ वर्षको अवधिमा ३५ बढी विभागीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगता खेलेका बस्नेतले २० स्वर्ण, पाँच रजत र एक काश्य पदक समेत जितेका छन् । त्यसैगरी बस्नेतले अर्काे खुसीका रुपमा दाङमा त्रिभुवननगर जेसीजले प्रत्येक वर्ष प्रदान गर्ने यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार पाउँदाको क्षणलाई लिन्छन् । त्रिभुवननगर जेसीजले जिल्लादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक, खेलकुद, स्वास्थ्य, सञ्चार, आर्थिक, व्यवसायिक, गीतसंगीतलगायतका विभिन्न क्षेत्रबाट योगदान गर्ने युवालाई पुरस्कृत गर्दै आएको छ ।
त्यहीअन्तर्गत यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार(२०२४ पाउँदाको क्षण खुसीको क्षण भएको बताउँदै उनले भने,‘खेलकुदका प्रतियोगितामा प्रतिष्पर्धा गरेर पदक जित्दाको खुसी जस्तै, खेल क्षेत्रमा गरेको योगदानको मूल्याङ्कन गरेर दिएको सम्मान खुसीको क्षण हो ।’ नेपाली सेनाको त्रिभुवन आर्मी क्लवमा आवद्ध बस्नेतले लामो समयदेखि आइटिफ तेक्वान्दो खेलका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक हासिल गर्दै दाङ जिल्लासहित सिंगो राष्ट्रको शिर उच्च बनाउन सफल खेलाडीका रुपमा परिचित छन् ।
खेललाई नै कर्म बनाएर अघि बढेका बस्नेतले २०११ मा काठमाडौंमा भएको दोस्रो दक्षिण एसियाली आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दाको क्षणलाई पनि अर्काे खुसी भएको बताउँछन् । जुन प्रतियोगितामा बस्नेतले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए, त्यही प्रतियोगितामा स्वर्ण जित्दाको क्षणलाई अर्काे खुसीको क्षणका रुपमा बस्नेतले लिने गर्दछन् ।
बस्नेतले २०१० मा विराटनगरमा भएको छैठौँ जनरल चोइ स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २०१३ मा सर्लाहीमा भएको ११औँ सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २०१२ मा काठमाडौंमा भएको छैठौँ जनरल चोइ स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २०१५ मा काभ्रेमा भएको १४औँ सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २०१६ मा नुवाकोटमा भएको १५औँ सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २०७३ मा पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुद बृहत प्रतियोगिता, २०१७ मा नेपालगञ्जमा भएको १६औँ सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २०१८ मा नुवाकोटमा भएको १७औँ सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २०२० मा रामेछापमा भएको २०औँ सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २०७६ सालमा भएको लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुद बृहत प्रतियोगिता, २०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
त्यससँगै बस्नेतले चौथो दक्षिण एसियाली आईटिएफ तेक्वान्दो प्रतियोगिता २०१५ मा रजत पदक भारतको नयाँ दिल्ली, आठौँ एसियन आईटिएफ तेक्वान्दो प्रतियोगिता २०१६ चाइना र बुल्गेरियामा भएको २१औँ आईटिएफ तेक्वान्दो वर्ड च्याम्पियनसिपमा समेत सहभागी भएका थिए । घोराही उपमहानगरपालिका–५ नैनवार स्थायी निवासी बस्नेतले २०८१ साल वैशाख महिनामा नेपाली सेनाबाट अवकास प्राप्त गरेर दाङ फर्किएका बस्नेत जिल्लामा खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि सक्रिय छन् । दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघमा आवद्ध बस्नेतले विभिन्न स्कुल तथा डोजाङमा प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।
विभिन्न घरायासी समस्या कारण २०५० सालमा बसाइसराइँ गरेर घोराही उपमहानगरपालिका–५ नैनवार (साविक धर्ना गा.वि.स. वडा नं. ७ ) आएका बस्नेत परिवार अहिले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा बस्दै आएको छ । प्राथमिक शिक्षा गाउँमै रहेको श्री हरिओम प्राथमिक विद्यालयबाट सुरु गरेका बस्नेतले ६, ७ र ८ कक्षा महेन्द्र माध्यामिक विद्यालय बसन्तापुरबाट गरे ।
तत्कालीन सरकार र माओवादी सशस्त्र द्वन्द्वका क्रममा बुबाआमासँगै घोराही बजार आएका बस्नेतले घोराही उपमहानगरपालिका–१८ रझेनामा रहेको माध्यामिक विद्यालयबाट एलएलसी पास गरेका थिए । २०४३ साल वैशाख १० गते बुधवारका दिन बुबा टिकाराम बस्नेत र आमाको सरस्वती बस्नेतको जेष्ठ सुपुत्रका रुपमा तुलसीपुर उपमहानगरपालिका–१४ (साविक डुरुवा गाविस वडा नं. ३ लुहारडवरा) मा जन्मिएका थिए । बस्नेतकी दिदी तिर्था वली र भाइ नारायण बस्नेत रहेका छन् । २०६८ सालमा घोराही निवासी झकमा विष्टसँग वैवाहिक सम्बन्ध स्थापित गरेका बस्नेत दम्पत्तिका एक छोरा प्रणय रहेका छन् ।