Ad Area

बेपत्ता छोराको खोजी गरिदिन आग्रह


श्रीराम दहित
देउखुरी, ३० साउन । दाङ देउखुरीको लमही नगरपालिका–९ हर्दवा निवासी रणबहादुर योगीले आफ्नो बेपत्ता छोराको खोजी गरिदिन आग्रह गरेका छन् ।

रोजगारीका क्रममा भारतको लदाख गएको समयमा  बैशाख महिनादेखि १७ वर्षीय छोरा गणेश योगी बेपत्ता भएको भन्दै खोजी गरिदिन सवैसँग आग्रह गरेका हुन । रणबहादुरका अनुसार २०८१ बैशाख १ गतेदेखि गणेश सम्पर्क बिहिन भएका छन् ।

सँगै रोजगारीका लागि गएको सोही गाउँका गणेशका भाइ नाता पर्ने १७ बर्षीय किरण योगी पनि बेपत्ता भएका थिए । उनी यहि साउनको २२ गते भारतको बहराइज जिल्लाको रुपैडियास्थीत पानी ट्याङकी नजिक मृत फेला परेका थिए ।

बेपत्ता गणेशको अहिलेसम्म सम्पर्क नआएकाले बुबा रणबहादुर योगीले खोजी गरिदिन सवैसँग आग्रह गरेका छन् । उनले नेपाल तथा भारतीय प्रहरीसँगै प्रवासमा रहने नेपाली,सञ्चारकर्मी, मानवअधिकारकर्मीलगायत सवैमा अनुरोध गरेका छन् । उनी गएको फागुन महिनमा रोजगारीका लागि भारतको लदाख गरेका थिए ।

Blog Post Ad Blog Post Ad