Ad Area

दाङ जिल्ला क्वानकिडो संघको अध्यक्षमा केसी निर्वाचित


घोराही,३२ साउन । दाङ जिल्ला क्वानकिडो संघको अध्यक्षमा दिपक केसी निर्वाचित भएका छन् ।

शुक्रवार घोराहीमा भएको दाङ जिल्ला क्वानकिडो संघको प्रथम अधिवेशनले केसीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्ष सन्जु बिक र बर्षा ठेडी मगर,सचिवमा भ्युमान पुन,सहसचिवमा हिमाल ओली,कोषाध्यक्ष विकास खड्का निर्वाचित भएका छन् । सदस्यहरुमा पारष विक, नविन केसी, पदक रसाइली रहेका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले दाङमा क्वानकिडो खेलको विकासका लागि सहयोग गर्ने बताएका थिए । खेल क्षेत्रको विकासले जिल्ला चलामाएनसँगै नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने भन्दै त्यसका लागि आ–आफ्नो क्षेत्रबाट सवैले सहयोग गर्ने बताएका थिए ।

घोराहीस्थीत महेन्द्र बहुमुखी क्याम्पसमा भएको अधिवेशनका अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगी, घोराही नगर खेलकुद समितिका अध्यक्ष नरेन्द्र पुन, क्वानकिडो संघका केन्द्रिय अध्यक्ष सुवर्ण बिसी,अखिल समाजवादीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला संयोजक खुम रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad