Ad Area

दाङ जिल्ला उसु संघको अध्यक्षमा बस्नेत


घोराही, ३२ साउन । घोराहीमा भएको खेलाडीको भेलाले दाङ जिल्ला उसु संघ गठन गरेको छ ।

नेपाल उसु संघका केन्द्रीय सदस्य बिजयकुमार सोनीको अध्यक्षमा भएको खेलाडीहरुको भेलाले बिजय बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

संघको उपाध्यक्षमा कल्पना सुनार, महासचिवमा अमितसिंह ठकुरी,सचिवमा कमल कठ्यात,कोषाध्यक्षमा अर्जुन बस्नेत रहेका छन् । त्यसैगरी सदस्यमा पुष्पाकुमारी थापा,रेमन पुन,भानु वली, अभिषेक खाती, निशा गिरी र पवित्रा घर्तीमगर रहेका छन् ।

उक्त भेलामा घोराही नगर खेलकुद समितिका अध्यक्ष नरेन्द्र पुन, बक्सिङ खेलाडी समिर सिद्धिकी, अभिषेकमान सोनी, कृष्णा खातीलगायतको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad