Ad Area

साफ यु-२० च्याम्पियनसिप : नेपालको विजयी सुरूवात


दाङ,२ भदौ । घरेलु टोली नेपालले आज देखि सुरु साफ यु२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीको गोल मद्तमा नेपालले श्रीलंकालाई १ ० ले पराजित गरेको हो । नेपालले जीतका लागि खेलाडी धामीले २४औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसअघि नेपालका समिर तामाङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । पहिलो हाफको ईन्जुरी टाईमको तेस्रो मिनेटमा श्रीलंकाका मोहमेद थिलहामले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार नेपालका गोलकिवर जियारथ शेखले बचाएका थिए ।

दोस्रो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाएको थियो । समिर तामाङ, अश्विन घोरासैनी र अनिल बम्जनले गोल गर्न चुकेका थिए । खेलको ईन्जूरि टाईमको पहिलो मिनेटमा नेपालका निराजन धामीको प्रहार बारमा लागेर बाहिरिएको थियो । नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल भदौको ६ गते बंगलादेशसँग खेल्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।

च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागित छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाईनल पुग्नेछन् । च्याम्पियनसिपमा आइतबार समूह बी मा रहेको भारत र भुटानबीच खेल हुनेछ ।

Blog Post Ad Blog Post Ad