Ad Area

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत


घोराही, ४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विस्वासको मत प्राप्त गरेका छन् । मंगलवार बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औ बैठकबाट मुख्यमन्त्री आचार्यले विस्वासको मत प्राप्त गरेका हुन ।

८७ सदस्सीय लुम्बिनी प्रदेशसभामा आचार्यको पक्षमा ७० जना र विपक्षमा ११ जना मत परेको थियो भने राप्रपाका ३ जना प्रदेशसभा सदस्य तटस्थ रहेका थिए । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले) का २९ जना, नेपाली कांग्रेसका २७ जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनता समाजवादी पार्टी (जसपा) २ जना, जनता समाजवादी पार्टी नेपालका १ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३ जना, जनमत पार्टी ३ जना र एक स्वतन्त्र सांसदले मत दिए । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ४४ मतको आवश्यकता पर्ने गर्दछ ।

बिपक्षमा नेकपा माओवादी ९ जना, राष्टिय जनमोर्चा र एकिकृत समाजवादीका एकएक प्रदेशसभा सदस्यहरुले विपक्षमा मत दिएका थिए । साउन ७ गते नेपाली काग्रेसका २७ र नेकपा एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी र एक स्वतन्त्रका प्रदेशसभा सदस्यहरुले मत दिएका हुन । यो मत दुई तिहाईभन्दा बढी हो ।

साउन ७ गते मुख्यमन्त्री बनेका ९ गते सफथ ग्रहण र पदभार ग्रहण गरेका मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विस्वासको मत लिने संवैधानीक व्यवस्था अनुसार मंगलवार लुम्बिनी प्रदेशसभाबाट विस्वासको मत लिएका हुन ।

एमाले र काग्रेसबाट ४÷४ मन्त्री नियुक्त गरेपनि अझै ३ मन्त्रालय खाली रहेका छन् । सत्ता गठवन्धनका दुई दल एमाले र काग्रेसबाट थप मन्त्री बनाउनु पर्ने दवाव मुख्यमन्त्री आचार्यलाई रहेको छ भने मुख्यमन्त्री आचार्य साना दलहरुलाई पनि सरकारमा सहभागी बनाएर अघी बढ्ने मनस्थीतीमा रहेको बुझिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad